News Category 2074/02/26

निर्वाचनको बिरोधमा राजपाद्वारा दुई घण्टा चक्क्जाम

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २५ जेठ । 
संविधान संशोधन नगरी सरकारले दोश्रो चरणको स्थानीय तहको निर्वाचन गर्न लागेको बिरोधमा आन्दोलनका उत्रिएका राष्ट्रिय जनता पार्टी नेपालले बिहिबार सप्तरीमा पनि दुई घण्टा चक्काजाम गरेको छ ।
पूर्व घोषित कार्यक्रम अनुसार राजपा नेपालका नेता तथा कार्यकर्ताहरुले राजबिराजस्थित कुनौली रोड, हनमाननगर रोड, रुपनी बस स्टेण्ड लगायतका स्थानहरुमा दिउँसो १ बजेदेखि ३ बजेसम्म दुई घण्टा चक्का जाम गरेका हुन ।
सो चक्काजाम कार्यक्रममा राजपा नेपालका केन्द्रदेखि जिल्ला तथा ग्रामिण भेगसम्मका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । 
त्यस्तै जिल्लाको मंसापुरलगायत सबै गाउँपालिका र नगरपालिकाका चौक तथा बजारहरुमा समेत चक्काजाम गरेको राजपा नेपालका जिल्ला संयोजक सुनिल कुमार झाले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट