News Category 2074/04/02

बाढी पीडितलाई विभिन्न संघ संस्थाद्वारा सहयोग

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १ साउन । 
असार १७ गते सप्तरीको विभिन्न स्थानमा आएको बाढीले पीडित भएका परिवारलाई विभिन्न संघ संस्थाले सहयोग रुवरुप राहत उपलब्ध गराउने क्रम जारी छ । 
यसैक्रममा नेपाल महेश्वरी परिषदले आईतबार २ सय बाढी पीडितलाई राहत स्वरुप खाद्यान्न तथा लत्ताकपडा उपलब्ध गराएको छ । 
बाढीबाट प्रभावित राजविराज नगरपालिका वडा न. ९, १० र मलेठका २ सय परिवारलाई प्रति परिवार त्रिपाल १ थान, लुगा सेट १, चाउचाउ १० प्याकेटका साथै साबुन, दाल, खानेतेल, बिस्कुट, पेष्ट, च्युरा, भुजा  लगायतका राहत सामग्री वितरण गरिएको हो । 
विपी विचार समाजले राजविराजमा आयोजित राहत वितरण कार्यक्रममा परिषदका संयुक्त मन्त्री गोविन्द काबँरा, महेश्वरी युवा मंचका अभिताभ महेश्वरी, विवेक राठी, विपी विचार समाजका अध्यक्ष रामकुमार यादव, काग्रेस नगर सभापति शम्भुलाल देव, पुर्व स्ववियु सभापति समिर झा, मो.शब्बिर आजम, साकिर हुसेन, इन्द्र नारायण देव लगायतले बाढी पिडित परिवारलाई राहत वितरण गर्नुभएको थियो । 
यस्तै आईतबारै जिल्लाको सकरपुरा गासिबका २ सय ५० बाढी पीडित परिवारलाई राजविराज लायन्स क्लव र लाहान लायन्स क्वलले संयुक्त रुपमा खाद्यान्न, लत्ताकपडा र औषधि लगायतका राहत सामग्रीहरु वितरण गरेका छन ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट