News Category 2074/06/05

प्रारम्भिक निर्वाचनको परिणााम शहरी क्षेत्रमा मधेशवादीको पकड हुने

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ४ असोज ।
प्रदेश न. २ मा सम्पन्न तेश्रो चरणको स्थानीय तहको निर्वाचन प्रारम्भिक मतगणनाले राष्ट्रिय जनता पार्टी नेपाल र संघिय समाजवादी फोरम नेपाल शहरी तथा राजनीतिक चेतना भएको बजार क्षेत्रमा आप्mनो प्रभाव जमाउन सफल हुने देखिएको छ । 
दुई नम्बर क्षेत्रको एक मात्र महानगर बिरगंज महानगरपालिकामा राजपा नेपाल र नेपाली काग्रेस बिच तिव्र प्रतिस्पर्धा हुने देखिन्छ । तर, सो महानगरपालिकामा मधेशवादी दलको मतदाता दुई तिहाई रहेको पछिल्ला मतगणनाहरुले देखाईरहेको छ । 
त्यसैगरी जनकपुर उपमहानगरपालिकामा राजपा नेपालले नेपाली काग्रेसलाई निकै पछाडी धकेलेको छ भने एमालेलाई जमानत जोगाउन पनि धोधौ परिरहेको छ । 
त्यसैगरी कलैया उपमहानगरपालिकामा संघिय समाजवादी फोरम नेपालले अग्रता लिएको छ । मधेश आन्दोलनको केन्द्र राजविराजमा आजदेखि मात्र मतगणना हुनेछ र राजपा र संघिय समाजवादी फोरम नेपालबिच प्रतिस्पर्धा हुने एक आकंलन छ । 
लहान नगरपालिका र जितपुर सिमरा उपमहानगरपालिकामा नेकपा एमाले र काग्रेसबिच तिव्र प्रतिस्पर्धा भईरहेको छ । लहानमा संघिय समाजवादी फोरम नेपालको गलत निर्णय र जातियताका कारणले एमाले अगाडी देखिन्छ भने जितपुर सिमरा उपमहानगरपालिका पहाडे बाहुल्य क्षेत्र हुने गरी गरिएको क्षेत्र निर्धारणले प्रमुख तिन पार्टीबिच नैं प्रतिस्पर्धा रहेको छ । 
रौतहटको गौर नगरपालिका, महोत्तरीको जलेश्वर नगरपालिका, सर्लाहीको मलङ्गवा नगरपालिका, सिरहाको सिरहा नगरपालिका, सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा समेत मधेशवादी दलहरुबिच नै प्रतिस्पर्धा रहेको छ । यसले शहरी तथा राजनीतिक चेतना भएका क्षेत्रमा मधेशवादी दल प्रतिस्पर्धामा छन भने ग्रामिण तथा देहातमा नेपाली काग्रेस र एमालेले आ–आप्mनो पकड जमाउने देखिन्छ ।  
नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मधेशी जनताले संविधान नबुझेको उनीहरु अशिक्षित छन् भन्ने गरेको उक्त निर्वाचन परिणामले पनि पुष्टि गर्दै गएको छ । मधेशका ग्रामिण क्षेत्रमा मसल, मनि र मदिरा (तिन म) को पार्टीहरुले खुबै उपयोग्य गरेको मत परिणामहरुले देखाएको छ । 
त्यसैले मधेशका एजेन्डाहरु प्रमुख तिन पार्टीले संस्थागत गर्न छाटकाट देखाएका छैन । किनकि प्रमुख पार्टीहरु विश्वस्त छन मधेशी जनता पावर र पैसाको पछि जहिले पनि ज्यु ज्यान फालेर लाग्ने गरेका छन । 
तसर्थ मधेशवादी पार्टीहरुले राजनितिक प्रशिक्षणका साथै मधेशी जनताको शैक्षिक र सामाजिक स्तरमा परिवर्तनका लागि प्रयास नगरुन्जेलसम्म यहाँको राजनीतिले कोल्टो फेर्ने छैन । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट