News Category 2074/08/15

बाम गठबन्धनको “रोड शो”

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १४ मंसिर । 
संयुक्त बाम गठबन्धन सप्तरी क्षेत्र नं. २ ले बिहीबार राजविराजमा शक्ति प्रदर्शन “रोड शो” गरेको छ । 
राजविराजस्थित रंगशालाबाट बाम गठबन्धनले क्षेत्र नं. २ का प्रतिनिधिसभा उम्मेदवार उमेश यादव र प्रदेश सभा २ का उम्मेदवार महेश यादवको नेतृत्वमा मोटरसाइकलसहित शक्ति प्रदर्शन गरेको हो । 
मंसिर २१ गते हुने प्रतिनिधि र प्रदेशसभाका लागि बाम गठबन्धनले गरेको शक्ति प्रदर्शन नगरको विभिन्न भाग परिक्रमा गर्दै स्थानिय गजेन्द्र चौकमा सभामा परिणत भएको थियो । 
सभामा बोल्दै प्रतिनिधिसभा उम्मेदवार उमेश यादवले मधेशवादी दलले आफुसँग प्रतिष्पर्धा गर्न बाह्य व्यक्तिलाई ल्याएर उम्मेदवार बनाएकोमा मधेशवादी दलको लाचारिपन भएको बताए । 
उनले आफ्नो जित सुनिश्चित भएको बताउँदै आफ्नो प्रतिष्पर्धी कोही नभएको र स्थानिय जनताले आफूलाई नै स्विकार गर्ने दाबी समेत गरे ।  
उनले स्वतन्त्र उम्मेदवारप्रति लक्षित गर्दै भने, “आफ्नो भाईको समेत नभएको व्यक्ति क्षेत्रको जनताको कसरी हुन सक्छ ?”

प्रतिकृया दिनुहोस

ताजा अपडेट