News Category 2074/11/24

सरकारमा सामेल हुनु मधेशी सपूतको रगतको अपमान हो ः खुशीलाल मण्डल

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २३ फागुन । 
वरिष्ठ राजनीतिज्ञ खुशीलाल मण्डलले आफूलाई कथित मधेशवादी भनाउँदा दल घोर मधेश बिरोधी दलको झूठो आश्वासनको भरमा सरकारमा सामेल हुनु मधेशी सपूतको रगतको अपमान हो भनेका छन् । 
वरिष्ठ राजनीतिज्ञ मण्डलले बुधबार एक विज्ञप्ति जारि गर्दै मधेशी शहीदलाई सत्ताको सिढी बनाएर शहीदहरुको सपना साकार पार्न त्यस्ता तत्वको पहिचान गरि मधेशको अपुरो माँग पुरा गराउनु पर्ने समयमा सरकारमा सहभागि हुनु सहीदको अपमान भएको उल्लेख गरेका छन् । 
जारि विज्ञप्तिमा वर्तमान सत्ताधारी मुख्य दलको अंहम र मधेश विरोधी नीतिको विरोधमा मलेठमा शहीद भएको पाँचै शहीदको पहिलो वार्षिकी हुन नपाउँदै मधेशवादी दलबाट राष्ट्रिय पार्टी बनाउने सपना देख्ने दलले मधेशी सपुतको लाशलाई सिढी बनाई सत्ता प्राप्तीको सिढी उक्ली सकेको आरोप समेत लगाएका छन् ।  
साथै विज्ञप्तिमा २०७३ साल फागुन २३ गते सप्तरीको मलेठमा प्रहरीको गोलीबाट सहादत प्राप्त पाचै जना शहीदप्रति श्रद्धासुमन अर्पित गरेका छन् ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट