News Category 2075/01/11

६ दशकपछि राजविराज हटियाको मुहार फेरिँदै

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १० वैशाख । नेपालको सबै भन्दा पहिलो टाउन प्लानिङ राजविराज नगरपालिका र सो क्षेत्रमा पर्ने तरकारी हटियाको मुहार फेरिन लागेको छ । 
६ दशकअघि बि.स. २०१६ मा स्थापना भएको राजविराज नगरपालिका र सो क्षेत्रमा अवस्थित हटियामा राजविराज नगरपालिकाले नयाँ भवन निर्माण गरि व्यवस्थित ढंगले हाट बजार लगाउने योजनाका साथ सोमबारदेखी पुनःनिर्माणको कार्य थालेको हो । 
झण्डै ३७ करोडको लागतमा राजविराज हटियामा नयाँ भवन निर्माण गर्न लागिएको छ । सो भवनमा तीन सय कोठा र सेडहरु निर्माण गरिने राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादवले जानकारी दिएका छन् । 
यसैबीच हटिया क्षेत्रमा लाग्ने तरकारी बजार क्षेत्रलाई सोमबार नगरपालिकाले खालि गराएको छ । सो स्थानमा लाग्ने तरकारी बजार हटियाको पश्चिमतर्फ पुरानो माछा हाट र त्यस वरिपरीको क्षेत्रमा लाग्ने छ । तरकारी बजार लाग्ने नयाँ स्थानमा व्यापारीहरुले अस्थायी ठहरा निर्माण गर्न लागिपरेका छन् । यसअघि सो स्थानमा लाग्ने माछा हाटलाई राजविराज नगरपालिकाले वडा नं. ४ स्थित नगरपालिकाकै स्वामित्यमा रहेको खाली स्थानमा सेड बनाएर व्यवस्थित गरेको छ । 
हाल यस हटियामा मानव जातीको जन्मदेखी मरणसम्मका लागि चाहिने सम्पूर्ण सामाग्रिहका साथै खाद्यन्न, ताजा तरकारी, फेन्सी सामाग्रि, औषधी, सियो, धागो देखी नुनतेल सम्म पाउने गर्छ । यतिका सामाग्रिहरु एकै स्थानमा पाइने राजविराज हटिया मुलुककै पहिलो हटिया हो ।
भारतको गुलाबी सहरको नामले प्रख्यात जयपुर सहरको नक्सामा आधारित राजविराज सहरको टाउन प्लानिङ बि.स. २०१६ सालमा गरिएको हो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट