News Category 2075/01/12

छिन्नमस्ता गापाको विकासमा अध्यक्ष मण्डलले सक्रियता बढाए

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ११ बैशाख । 
सप्तरीको छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष सूर्य नारायण मण्डल (कुरुड)ले गाउँपालिकाको विकासका लागी नयाँ योजनाका साथ आफ्नो सक्रियता बढाएका छन् । 
गाउँपालिका धार्मिक एवं पर्यटकीय दृष्टिकोणले परिचित रहिरहँदा अब आफूले सोचेको नयाँ विकासीय योजना तथा कार्यहरुलाई प्राथमिकतामा राखेर अगाडी बढाउने सोच बनाएको बताएका छन् । 
गाउँपालिका कार्यालयमा मंगलबार गाउँका स्थानिय, नव निर्वाचित जनप्रतिनिधि, बुद्घिजिवी र विभिन्न विषयमा विज्ञ लगायतबाट लामो छलफल पश्चात् तयार पारेको विकास निर्माणको खाका सार्वजनिक गरेका छन् । 
सार्वजनिक गरिएको खाकामा छिन्नमस्ताका विभिन्न सडकको स्तोरोन्नती, सोलारबत्ती जडान, सडक किनारमा वृक्षारोपण, स्वच्छ खानेपानीको व्यवस्था, कृषि, शिक्षा, स्वास्थ्य र धार्मिक पर्यटकिय स्थलको विकासमा जोड दिईएको छ । 
सवै जन निर्वाचित प्रतिनिधि र कर्मचारी एक भई अगाडी बढ्न सके मात्र आप्mनो खाकाले सार्थकता पाउने र छिन्नमस्ता गाउँपालिका नमुना गाउँपालिककाको रुपमा उदय हुने अध्यक्ष कुरुडको विश्वास छ । उनले बजेट छरेर रकम सिध्याउनु भन्दा हरेक वर्ष एउटा ठोस विषयमा पुग्ने बजेट विनियोजन गर्ने र यसपल्ट सडक निर्माणलाई बढी प्राथमिकतामा राखिएको बताए । 
उनले विकास निर्माणका कामहरु टेन्डर प्रकृयाबाट सम्पन्न गराउने पक्षमा रहेको बताउँदै त्यस्ता कार्यहरु उपभोक्ता समितिमार्फत गराउँदा निकै विवाद देखिने र समयमै काम सम्पन्न हुन नसक्ने तर्क समेत दिएका छन् । 
छिन्नमस्ता गाउँपालिकाले आर्थिक वर्ष २०७४÷०७५ का लागी विभिन्न शिर्षकमा ३१ करोड २९ लाख ८० हजारको आय व्यय विवरण केहीदिन अघि नै सार्वजनिक गरिसकेकोे छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट