News Category 2075/02/31

छुट्टछुट्टै दुर्घटनामा ट्रक चालकसहित दुईको मृत्यु

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ३० जेठ ।
सप्तरीस्थित पूर्व पश्चिम राजमार्गमा बुधबार भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा एक ट्रक चालकसहित दुईको मृत्यु भएको छ । 
पुर्व पश्चिम राजमार्ग अन्र्तगत सप्तरीको अग्नीसाई कृष्णासवरण गाउँपालिका १ मा बुधबार बिहान ट्रक पल्टिदा चालकको मृत्यु भएको हो । 
सो दुर्घटनमा परी ट्रक चालक धनुषा बागुदवार १ निवासी २८ बर्षीय राजकुमार श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ । 
पुर्वबाट पश्चिम तर्फ जादै गरेको ना ३ ख ९८८ नम्बरको ट्रक आफै अनियन्त्रित भई र्दुघटना हुदा ट्रक चालक श्रेष्ठको घटना स्थलमै मृत्यु भएको थियो । 
यता दुर्घटनमा परेका ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको  जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यस्तै बुधबार बिहानै सप्तरीको खडक नगरपालिका ६ स्थित राजमार्गमा एक यात्रुबाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु भएको छ । 
काकडभिट्टाबाट बिरगन्जतर्फ जाँदै गरेको मे१ख २२८२ नम्बरको यात्रु बाहक बसले पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स६प ७५५० नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार एकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
बसकोे ठक्करबाट मोटरसाइकलमा सवार जिल्लाको रुपनी गाउँपालिका ३ बस्ने धमेन्द्र साहको मृत्यु भएको हो । यस्तै सोही मोटरसाइकलमा सवार शम्भुनाथ नगरपालिका ३ बस्ने बैजनाथ साह गम्भिर घाइते भएका छन् । 
गम्भिर घाइते भएका दुबैलाई उपचारका लागि राहु स्मारक अस्पताल लहान पठाउँदा उपचारकै क्रममा धमेन्द्र साहको मृत्यु भएको प्रहरीले जनाएको छ । 
यता अर्का गम्भिर घाइते बैजनाथलाई थप उपचारका लागि न्यूरो अस्पताल बिराटनगर पठाइएको प्रहरीले जनाउँदै बस र चालक तथा मोटरसाइकललाई इलाका प्रहरी कार्यालय कल्याणपुरले नियन्त्रणमा राखेको जानकारी दिएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट