News Category 2075/03/29

प्रथम मेयर कप सप्तरी प्रिमियर लिग सुरु उपप्रमुखले गरिन् प्रमुखलाई बोल्ड !

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २८ असार । 
सप्तरीमा पहिलो पटक अक्सन प्रकृयाबाट खेलाडीहरु छनौट गरि पहिलो मेयर कप सप्तरी प्रिमियर लिग प्रतियोगिता बिहीबारदेखी सुरु भएको छ ।
सप्तरी क्रिकेट संघको आयोजना र राजविराज नगरपालिकाको सहयोगम संचालित उक्त प्रतियोगिताको राजविराज नगरपालिकाका प्रमुख शम्भु यादवले ब्याटिङ र उपप्रमुख साधना झाले बलिङ गरि उद्घाटन गरे । सो क्रममा उपप्रमुख झाले प्रमुख यादवलाई क्लिन बोल्ड गरेपछि त्यहाँ उपस्थित सम्पूर्ण दर्शक तथा अतिथिहरु एक क्षण रोमान्चित भएका थिए । 
तीन टिम सम्मिलित प्रतियोगिता स्थानिय पब्लिक विन्देश्वरी माध्यमिक बिद्यालय मैदानमा सुरु भएको हो । प्रतयोगिताको उद्घाटन खेलमा बोदे बर्साइन थन्डरले तिलाठी कोइलाडी महिन्द्रा हिरोजलाई ४ रनले पराजित गरेको छ ।
टस जितेर ब्याटिंग गरेको सिद्धान्त लोहनी कप्तान रहेको बोदे बर्साइनले १९.१ ओभरमा ८६ रन मात्र बनाउन सफल भएको थियो । जवाफमा ८७ रन लक्ष्य पछ्याउने क्रममा जित नजिक पुगेको मेहबुब आलम कप्तानीको तिलाठी कोइलाडी ४ रनले खेल गुमाउन पुग्यो । 
बोदे बर्साइनको लागि रोहन बिकले सर्वाधिक १८ रन तथा सन्दिप ढुंगानाले १३ रन बनाएका थिए । यता खेलको अन्तिम ओभरमा जितको लागि २४ रन आवस्यक आवश्यक रहंदा तिलाठी कोइलाडीका ब्याट्सम्यान विकास दास बिक्रम भुसालको पहिलो २ बलमा तथा ओभरको चौथो बलमा छक्का प्रहार गर्दै खेल रोमान्चक स्थितिमा पुर्याएका थिए । अन्तिम २ बलमा ६ रन आवश्यक रहंदा पाँचौ बलमा रन बनेन भने अन्तिम बलमा विकासले १ रन मात्रै बनाउन सक्दा हार व्यहोर्नु प¥यो । 
तिलाठीका बलर घनश्याम साहले ४ विकेट तथा दिब्यान्शु मालिक र मेहबुब आलमले समान २र२ विकेट लिए। दोश्रो इनिंगमा तिलाठीका ब्याट्सम्यान विकास दासले अविजित २४ रन तथा मिनास थापाले १५ रन बनाए । 
खेलको प्लेयर अफ द म्याच ४ विकेट लिएका बोदेका बलर नन्दन झा घोषित भए । उनलाई राजबिराज नगरपालिका वडा नम्बर ८ का अध्यक्ष जयनारायण मण्डलले अवार्ड तथा १ हजार ५ सय प्रदान गरेका थिए । 
प्रतियोगिता अन्तरगत शुक्रबारको खेल सद्धान्त लोहनी कप्तानीको बोदे बर्साइन थन्डर र हसिम अन्सारी कप्तानीको बजाज खडक वारियार्सबीच हुनेछ । प्रतियोगितामा तीन टिमको सहभागीता रहेको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट