News Category 2075/05/25

मुस्लिम संघको भेला आधिकारीक होइन् ः जिल्ला अध्यक्ष, भेला केन्द्रिय समितिको समन्वयमा हुँदै ः केन्द्रिय सचिव

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २४ भदौं । 
नेपाली काँग्रेस निकट नेपाल मुस्लिम संघ सप्तरीले भदौं २५ गते क्षेत्र नं. ३ स्थित कुशहामा सोमबार हुने भनिएको भेला बारे कुनै परामर्श नगरि गर्न लागिएकोमा आपत्ति जनाएको छ । 
संघका अध्यक्ष मो. युसुफद्वारा आइतबार जारि विज्ञप्तिमा नेपाल मुस्लिम संघ केन्द्रिय समिति तथा जिल्ला समितिसँग समन्वय नै नगरि गर्न लागिएको सो भेलाप्रति गम्भिर ध्यानाकर्षण भएको जनाइएको छ । 
साथै विज्ञप्तिमा जिल्लाको आधिकारिक कार्यक्रम नरहेकोले उक्त कार्यक्रममा नेपाल मुस्लिम संघ संग आवद्ध सम्पूर्णलाई सहभागि नहुन आग्रह समेत गरिएको छ । 
यस्तै नेपाली काँग्रेस छिन्नमस्ता गाउँपालिका कार्य समिति सखडाका संयोजक मो. जिवरीलले विज्ञप्ति जारि आयोजना हुने कार्यक्रममा पार्टीका भातृ संगठन लगायत सबै पक्षको समन्वयात्मक सहभागि नभएको आरोप लगाएका छन् । 
यसैबीच नेपाल मुस्लिम संघका केन्द्रिय सचिव इर्साद अन्सारीले सोमबार हुने भनिएको भेला आधिकारिक भएको दाबी गरेका छन् । 
उनले कार्यक्रममा केन्द्रिय समितिको सहमति रहेको भन्दै उक्त कार्यक्रममा प्रमुख अतिथि केन्द्रिय सदस्य मो. आफताब आलम र विशिष्ठ अतिथिमा प्रतिनिधिसभा सदस्य तेजुलाल चौधरी रहेको जानकारी दिए । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट