News Category 2075/05/25

दुर्घटनामा दुईको मृत्यु

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २४ भदौं । 
पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिका ५ कठौना चौक नजिकै आइतबार दिउँसो मोटरसाईकललाई ट्रकले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।  
ट्रकले ठक्कर दिएपछि मोटरसाईकल सवार झापाको मेची नगरपालिका ६ निवासी मोटरसाइकल चालक ३४ बर्षिय अर्पण तामाङ र सोही वडा निवासी पछाडी सवार २८ बर्षिय अलकेश थापाको मृत्यु भएको प्रहरीले जनाएको छ । 
बा ५० प ६००० नम्बरको मोटरसाईकलाई दिउसो १ बजे तिर विपरित दिशाबाट तिब्र गतीमा आइरहेको ना २ ख ३००१ नम्बरको मालबाहक ट्रकले ठक्कर दिदा तामाङको घटनास्थलमै तथा थापाको स्थानिय गजेन्द्र नारायणसिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारका लागि लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । 
यता ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिई आवश्यक कार्यवाही प्रकृया अगाडी बढाएको सप्तरीका प्रहरी नायब उपरिक्षक भवेष रिमालले जानकारी दिए । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट