News Category 2075/06/25

व्यवस्थापन नगरिएको भन्दै मिटर रिडरहरु आन्दोलित

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २४ असोज । 
नेपाल विद्युत प्राधिकरण राजविराज बितरण केन्द्र अन्तरगतका मिटर रिडरहरु आन्दोलनमा उत्रिएपछि अहिले विद्युत उपभोक्ताहरु मर्कामा परेका छन् । 
सप्तरी जिल्लाका मिटर रिडरहरु १६ वर्षदेखि निरन्तर काम गर्दा पनि आफूहरुको व्यवस्थापन नगरिएको भन्दै विगत एक सातादेखी आन्दोलित भएका छन् । 
मिटर रिडरहरु आन्दोलित हुँदा विद्युतको मासिक शुल्क बुझाउने उपभोक्ताहरुलाई कठिनाई भएको छ । घरमै गएर मिटर रिडरहरुले मिटर रिडिङ गरि बिल दिने गरेका थिए । तर, अहिले उपभोक्ताहरु आफै मिटरको अंक टिपेर विद्युत प्राधिकरणमा शुल्क बुझाउन बाध्य छन् । 
न्यून ज्यालामा काम गरे पनि व्यवस्थापन नगरिएको र सेवा सुविधावाट समेत बञ्चित गरिएकोले मिटर रिडिङको काम ठप्प पारेर आन्दोलनमा उत्रिन बाध्य भएको प्राधिकरण राजविराजस्थित वितरण केन्द्रका मिटर रिडर अध्यक्ष दुर्गानन्द यादवले बताए । 
यसैगरि नेपाल विद्युत प्राधिकरण राजविराज वितरण केन्द्रका प्रमुख चन्द्रनारायण साहले मिटर रिडरहरुको माँगहरु बारेमा क्षेत्रिय कार्यालय बिराटनगरबाट प्रक्रिया अघि बढेको जानकारी दिँदै चाडै नै उनीहरुको समस्या समाधान हुने विश्वास व्यक्त गरे । 
लामो समयदेखी मिटर रिडरहरु सोही पदमा ज्यालादारी रुपमा काम गर्दै आएको र उमेरको हदसमेत नाघेकोले अहिले उनीहरु जागिरको सुनिश्चितताको माँग गरेका हुन् । 
प्रदेश २ अन्तर्गत सप्तरीसहित अन्य जिल्लाको वितरण केन्द्रमा मिटर रिडिङको काम असोज १८ गतेदेखि ठप्प रहेको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट