News Category 2076/08/22

प्रदेश २ अन्तर्गत क्रिकेट खेलाडीको  राजविराजमा बन्द प्रशिक्षण सुरु

दैनिक समाचारदाता

प्रदेश २ अन्तर्गत क्रिकेट खेलाडीको  राजविराजमा बन्द प्रशिक्षण सुरु

    राजबिराज÷एमएम कप प्रदेश स्तरिय क्रिकेट प्रतियोगिताका लागि प्रदेश २ का खेलाडीहरूको तीन दिने बन्द प्रशिक्षण राजविराजमा सुरु भएको छ । 
    प्रदेश २ क्रिकेट संघको आयोजना तथा सप्तरी क्रिकेट संघको संयोजनमा शुक्रवारदेखि तीन दिने खेलाडीहरूको बन्द प्रशिक्षण सुरू भएको हो ।
    सो बन्द सत्रमा प्रदेश २ अन्तर्गत सप्तरी सहित रौतहट, बारा, पर्सा, महोत्तरी, धनुषा, सिरहा, सर्लाही गरी ८ वटै जिल्लाको ४१ जना खेलाडीको सहभागिता रहेको सप्तरी क्रिकेट संघका उपाध्यक्ष धर्मेन्द्र चौधरीले जानकारी दिएका छन ।
    स्थानिय पबि माबिको खेलमैदानमा संचालित ४१ जना खेलाडीहरूको बन्द प्रशिक्षणबाट प्रदेश २ को क्रिकेट टिम छनौट गरिने प्रदेश २ क्रिकेट संघका सचिव आयुष श्रेष्ठले जानकारी दिए ।
    उक्त बन्द प्रशिक्षणबाट पुस १५ गतेदेखि प्रदेश १ को सुनसरीको ईनरूवामा हुन गईरहेको एमएम कप एकदिवसिय ५०÷५० ओभरको प्रतियोगितामा प्रदेश २ को क्रिकेट टिमलाई सहभागिता गराईने छ ।
    सो बन्द प्रशिक्षणमा सप्तरीवाट महबुव आलम, बिबेक यादब, रोहित सिंह, बिकास दास, उपेन्द्र राय र आशिष झा परेका छन ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट