News Category 2070/12/21

मदरसालाई बालमैत्री बनाउने सम्बन्धमा कार्यशाला गोष्ठी सम्पन्न

दैनिक समाचारदाता


दैनिक संवाददाता
राजविराज, २० चैत । 
मदरसालाई बालमैत्री मदरसा कसरी बनाउने सम्बन्धमा दुई दिने कार्यशाला गोष्ठी बिहीवार राजविराजमा सम्पन्न भएको छ ।
युनिसेफ र बिश्व शिक्षाको सहयोगमा मदरसा समन्वय समिति सप्तरीको आयोजनामा सम्पन्न सो गोष्ठीमा सहभागिहरुले मदरसाहरुलाई बालमैत्री शिक्षा सिकाईको प्रारुपमा लैजानुपर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा मुस्लिम समुदायका अगुवा तथा युवा नेता इर्साद अन्सारीले मदरसा शिक्षालाई राज्यले उचित संरक्षण नदिएको गुनासो पोख्दै मदरसाहरुलाई कानुनी मान्यता प्रदान गरि भौतिक पुर्वाधारसँगै राज्यको मुल प्रवाहमा ल्याउनुपर्ने जोड दिनुुभयो । 
मदरसा समन्वय समिति सप्तरीका अध्यक्ष मो. आसिन मियाँको अध्यक्षमा सम्पन्न गोष्ठीमा जिल्लाभरीका २० वटा मदरसाका प्रअ र शिक्षाहरुको सहभागिता रहेको थियो । 
कार्यक्रममा युवा इस्लामिया मदरसा रुपनीका प्रअ इर्साद अहमद, मदरसा फैजुल इस्लामिया थल्हीका शिक्षक सकिल अहमद र जाँजर मदरसाका शिक्षिका तरनुम बेगम सिद्धिकी, मदरसा समन्वय समितिका कार्यक्रम संयोजक मो. साहजहा लगायतले मदरसाहरुको समस्या र समाधानको सम्बन्धमा बोल्नुभएको थियो । 
गोष्ठीमा शैक्षिक तालिम केन्द्र सप्तरीका प्रशिक्षक योगेन्द्र प्रसाद यादव र भगवती प्रसाद बिकले सहजीकरण गर्नुभएको थियो । सो अवसरमा मदरसाहरुलाई बालमैत्री सिकाई सामग्री प्रदान गरिएको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट