News Category 2077/10/29

सशस्त्र प्रहरीले ज्यादती गरेको भन्दै तिलाठी नाकामा प्रदर्शन 

दैनिक समाचारदाता

सशस्त्र प्रहरीले ज्यादती गरेको भन्दै तिलाठी नाकामा प्रदर्शन 

दैनिक समाचारदाता
राजविराज, २९ माघ । 
    सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकास्थित बेल्ही नाकामा खटिएका सशस्त्र प्रहरीको टोलीले ज्यादती गरेको भन्दै बिहीबार स्थानियले बिरोध प्रदर्शन गरेका छन् । 
    सशस्त्रका प्रहरी निरिक्षक सुशिल केसीसहित त्यहा खटिएका टोलीले स्थानियहरुसँग ज्यादती गरेको भन्दै प्रदर्शनकारी गरेका हुन् । प्रदर्शनकारीहरुले प्रहरी निरिक्षक केसीसहित सम्पूर्ण टोलीको अन्यत्र सरुवा गर्नु पर्ने माँग पनि गरेका छन् । 


    बेल्हीस्थित भन्सार कार्यालयको सुरक्षा समेतका लागि राखिएको बोर्डर सुरक्षा पोष्ट अगाडी बिहानैदेखी प्रदर्शनमा उत्रेका स्थानियले घरायसी प्रयोजनका लागि दुई÷किलो चिनी, खाने तेल लगायतका किराना सामाग्रि ल्याउँदा पनि सशस्त्र प्रहरीले खोसी दिने र दुरव्र्यवहार गर्ने गरेको आरोप लगाएका छन् । 
    हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. १४ का अध्यक्ष सत्यनारायण यादवले घरायसी प्रयोजनका लागि सीमापारी भारतीय बजारबाट दुई÷चार किलो सामान लिएर आउने सर्वसाधारणलाई सशस्त्र प्रहरीले दुःख दिने आरोप लगाए । उनले सेटिङ मिलाएका तस्करहरुलाई भने निर्वाध रुपमा आवत जावत गर्न दिइएको पनि बताए ।
    त्यस्तै स्थानिय लिलादेवी यादवले सीमापारी भारतीय बजारबाट किराना तथा पूजाका सामान लिएर आउँदा आफूसँग मासिक २ हजार ५ सय रुँपैया सशस्त्र प्रहरीको घुमुवाले लिने गरेको र एक महिनायता रकम नबुझाएकाले सामान खोसी दुरव्र्यबहार गरेको आरोप लगाइन् । 
    भारतीय बजारमा गएर सामान किन्ने आफूहरुको रहर नभएपनि सस्तोमा सामान पाउँदा त्यहा जानु पर्ने बाध्यता रहेको उनको भनाई छ । 
    यता सशस्त्र प्रहरीका एसपी राजु श्रेष्ठले नाका क्षेत्रमा स्थानियवासीद्वारा हो–हल्ला र प्रदर्शन भएको खबर प्राप्त भएलगत्तै सो बारे बुझ्ने काम भइरहेको र आवश्यक अनुसन्धानपछि सबै सत्यतथ्य सार्वजनिक गरिने बताए । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट