News Category 2071/05/31

डा. राउत विरुद्ध सार्वजनिक मुद्दा असोज ३ गते सर्वोच्चमा हाजिर गराउन आदेश

दैनिक समाचारदाता


दैनिक संवाददाता
राजविराज, ३० भदौ । 
पक्राउ परेका डा. सिके राउतलाई मोरङ प्रहरीले सार्वजनिक मुद्दा चलाएको छ । प्रहरीले ६ दिनको रिमाण्डमा राखेको जनाएको छ । 
जिल्ला प्रहरी कार्यालय मोरङले राष्ट्रविरोधी गतिविधि गरेको आरोपमा सार्वजनिक मुद्दा चलाइएको जनाएको छ । 
मोरङको सोराभाग छेउमा आयोजित भेला कार्यक्रमलाई सम्बोधन गरी फर्किरहेको अवस्थामा राउतलाई शनिबार साँझ मोरङ प्रहरीले पक्राउ गरेको थियो । 
यसैबीच सर्वोच्च अदालतले डा. सिके राउतलाई असोज ३ गते अदालतमा उपस्थित गराउन आदेश दिएको छ । 
बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाई गर्दै न्यायाधिश चोलेन्द्र शम्शेर जवराको इजलासले कारण देखाउ आदेश दिएको छ । सो आदेशमा “३ गते बन्दीसहित लिखित जवाफ लिएर आउनु भन्ने आदेश भनिएको छ ।  

प्रतिकृया दिनुहोस

ताजा अपडेट