News Category 2071/06/04

डा. सिके राउतको रिहाईको माग गर्दै ¥याली, धर्ना र बिरोध सभा

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, ३ असोज । 
मोरङ्गबाट पक्राउ परेका सप्तरीको महदेवा निवासी डा. सिके राउतलाई अबिलम्ब रिहाईको माँग गर्दै शुक्रबार सप्तरी सहित मधेशका विभिन्न जिल्लाहरुमा विरोध प्रदर्शन भएको छ ।
सरकारले बिना कारण डा. राउतलाई पक्राउ गरेको भन्दै शुक्रबार राजविराजका साथै तराई मेधशका विभिन्न जिल्लाहरुमा ¥याली प्रदर्शन गरिएको हो । 
यसैक्रममा सप्तरीको सदरमुकाम राजविराजमा स्वतन्त्र मधेशी युवा विद्यार्थी संजालद्धारा सयौ युवाहरुको सहभागितामा डा.राउतलाई अबिलम्ब रिहाईको माँँग गर्दै जिल्ला प्रशासन कार्यालय सप्तरी अगाडी धर्ना दिइएको थियो । 
त्यस्तै धर्ना पश्चात् स्थानिय शिव मन्दिर प्राङ्गनबाट निस्केको बिरोध ¥याली नगर परिक्रमा गर्दैै पुनः सोही स्थानमा पुगि सभामा परिणत भएको थियो ।
अभिब्यक्ति स्वतन्त्रता कायम गर, मधेशमा मानवअधिकार हनन् बन्द गर र बैज्ञानिक डा.सिके राउतलाई अबिलम्ब रिहा गर लगयातका माँँग सहित युवाहरुले नगरको विभिन्न भागको परिक्रमा पश्चात जिल्ला प्रशासन कार्यालय अगाडी केही समय धर्ना समेत दिएका थिए भने पुनः ¥याली निकालिएको थियो ।  
त्यस्तै मोरङ्गको विराटनगरमा मधेशी युवाहरुले डा.सिके राउतको रिहाइको माँग गर्दै बृहत याली निकालिएको थियो भने धनुषाको जनकपुर, सिरहाको लहान लगायतका मधेशका विभिन्न जिल्लाहरुमा डा.राउतको रिहाईको लागि बृहत ¥याली प्रदर्शन गरेका छन ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट