News Category 2081/07/14
राजविराज महोत्सवको तयारी पुरा
![राजविराज महोत्सवको तयारी पुरा](https://rajbirajdainik.com.np//Content/images/localnews/patrakar sammelan mela_3f0.jpg)
दैनिक समाचारदाता
राजविराज, १४ कात्तिक ।
संस्कृती, पर्यटन, कृषि तथा व्यापार प्रवद्र्धन गर्ने उद्देश्यले बिहीबारदेखी राजविराजस्थित राजरंगशालामा “राजविराज महोत्सव २०८१” सुरु हुने भएको छ ।
महोत्सव मूल आयोजक समितिले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी १५ कात्तिक बिहीबारदेखी सुरु हुने महोत्सवको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ ।
ड्रिम नेपाल युवा संघ सप्तरीको आयोजना तथा राजविराज नगरपालिकाको सहकार्यमा हुने महोत्सव कार्तिक २५ सम्म संचालन हुने महोत्सव मूल आयोजक समितिका संयोजक चितरन्जन यादवले जानकारी दिए ।
महोत्सवको राजविराज नगरपालिकाका कार्यवाहक नगर प्रमुख इसरत परवीनले उद्घाट्न गर्ने तय भएको पत्रकार सम्मेलनमा संयोजक यादवले जानकारी दिए । उनले महोत्सवले कला, संस्कृती, कृषि, पर्यटन, उद्योग ब्यापार र आर्थिक समृद्धिका लागि टेवा पु¥याउने विश्वास समेत व्यक्त गरे ।
महोत्सवमा स्थानिय स्तरका विभिन्न उत्पादन र कला संस्कृती झल्किने वस्तु सहितका ४० वटा स्टल रहने पत्रकार सम्मेलनमा ड्रिम नेपालका अध्यक्ष कमल किशोर साहले बताए ।
महोत्सवमा स्थानिय तथा राष्ट्रिय स्तरका कालाकारहरुको पनि प्रस्तुती हुने उनले जानकारी दिए । उनले स्थानिय स्तरका उत्पादनलाई प्रोत्साहन गर्न त्यस्ता सामग्री बिक्री गर्ने १० वटा व्यवसायीलाई महोत्सव स्थलमा निशुल्क स्टल उपलब्ध गराईने निर्णय भएको समेत जानकारी दिए ।
ड्रिम नेपाल युवा संघका सचिव मुस्तकिम आलमले महोत्सवमा प्रवेश शुल्क वापत रु ५० निर्धारण गरिएको बताउँदै ५ बर्ष मुनिका बालबालिका, जेष्ठ नागरिक र संचारकर्मीका लागि भने प्रवेश शुल्क निशुल्क गरिएको जानकारी दिए ।
यस्तै प्रवेश शुल्कमा खेलाडीलाई ५० र विद्यार्थीलाई ३० प्रतिशत छुटको व्यवस्था गरिएको पत्रकार सम्मेलनमा जानकारी गराईएको छ ।
६४ लाख रुपैया खर्च हुने अनुमान गरिएको महोत्सवका लागि विभिन्न संघ संस्था र पालिकाले सहयोग गर्ने आयोजकको विश्वास छ । महोत्सव भव्य र सभ्य रुपमा सम्पन्न गर्न गेट, फिल्ड, मञ्च, खेल तमाशा, शान्ति सुरक्षा, स्टल, स्वयंसेवक परिचालन र निगरानी लगायतका विभिन्न १२ वटा उपसमिति समेत बनाईएको छ ।
यस्तै महोत्सवमा कुनै खाले अप्रिय र आपराधिक घट्ना हुन नदिन निगरानीका लागि १५ वटा सिसि क्यारा समेत जडान गरिएको आयोजक समितिले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2081/10/23 एचपिभी अभियानको पहिलो दिन सप्तरीमा चार हजार एक सय किशोरीलाई खोप
- 2081/10/23 भाईको हत्या गर्ने दाई २० वर्ष पछि पक्राउ
- 2081/10/23 विद्यालयमा शिक्षक तथा विद्यार्थीको उपस्थिती अत्यन्त न्यून
- 2081/10/23 मदिरा पसल खोल्ने र बन्द गर्ने समय निर्धारण गर्न माग गर्दै महिलाहरुद्वारा नगरपालिकालाई ध्यानाकर्षण पत्र
- 2081/10/22 सप्तरीमा बुधबारदेखी पाठेघरको मुखको क्यान्सरबिरुद्ध एचपिभी खोप अभियान संचालन हुँदै
- 2081/10/22 प्रजिअ दाहालले अस्पतालको निरिक्षण गर्दा २५ जना पोशाकविहीन कर्मचारी उपस्थित
- 2081/10/22 भन्सार छलेर ल्याइएको मोटरपार्टस र मोबिल प्रहरी नियन्त्रणमा
- 2081/10/22 अन्तराष्ट्रिय कुस्ती प्रतियोगिता शुरु
- 2081/10/21 जनप्रतिनीधी आफ्नै सिफारिस पटक–पटक फेर्दा नापी कार्यालय पनि अलमलमा
- 2081/10/21 गाउँपालिकामै स्वास्थ्य प्रयोगशाला संचालनमा आएपछी सदरमुकाम आउने बाध्यता हट्यो
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ