News Category 2081/09/02
छोरीको अपहरण, बलात्कार र हत्या तथा छोरा वेपत्ता प्रकरणमा आमाद्वारा न्यायको अपिल, हिरासतमा रहेका वडाअध्यक्षलाई अनुसन्धान गर्न पुनः दश दिनको म्याद थप

दैनिक समाचारदाता
राजविराज, २ पुस ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका १ कविलासा गाउँकी ५५ वर्षिया चन्दर देवी साहले आफ्नी १९ वर्षिया छोरी संतोषीको अपहरण, बलात्कार र हत्या तथा १७ वर्षिय छोरा आशिषलाई वेपत्ता पार्ने ब्यक्तीहरुमाथी कडा कारवाहीको माग गरेकी छिन ।
छोरी संतोषीको बलात्कार पछी हत्या तथा छोरा आशिषलाई वेपत्ता बनाएको ३ वर्ष पुरानो घट्नाका एक आरोपीलाई प्रहरीेले पक्राउ गरे पछी मंगलवार राजविराज आएकी उनले संचारकर्मीहरुसँग कुरा गर्दै दोषी ब्यक्ती उपर कडा कारवाही हुनु पर्ने माग गरेकी छिन ।
प्रहरीले घट्नामा संलग्न रहेको आरोपी मध्येका एक सोही वडाका धीरेन्द्र कुमार साहलाई ११ दिन अघि पक्राउ गरीसकेको छ । पक्राउ परेका साह यहि मंसिर १६ गते सम्पन्न उपनिर्वाचनमा जसपा नेपालबाट वडाअध्यक्ष पदमा निर्वाचित भएका थिए ।
पदभार ग्रहण कार्यक्रममा सरिक हुन गएका वेला प्रहरीले उनलाई मंसिर २१ गते कार्यक्रम स्थलबाटै पक्राउ गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडाका अनुसार पक्राउ परेका साहमाथी अपहरण तथा शरिर बन्धक, जबरजस्तीकरणी र कसूर ज्यान लगायतका मृद्दामा सप्तरी जिल्ला अदालतबाट १०÷१० दिन गरी दुई पटक म्याद थपी अनुसन्धान कार्य भइरहेको छ ।
पछिल्लो पटक मंगलवार सप्तरी जिल्ला अदालतबाट दोश्रो पटक १० दिनको म्याद थपेर साहलाई नियन्त्रणमा राखी अनुसन्धान भईरहेको प्रहरी उपरिक्षक खतिवाडाले जानकारी दिए ।
प्रहरीका अनुसार २०७९ साल साउन १७ गते भएको संतोषिको अपहरण तथा शरिर बन्धक, जबरजस्ती करणी र कर्तब्य ज्यान लगायतका अपराध गरेको साह सहितका केही ब्यक्तीमा माथी आरोप छ ।
उक्त अपराधमा संलग्न रहेका आरोपीहरु विरुद्ध पीडित परिवारद्वारा २०७९ साल साउन १९ गते इलाका प्रहरी कार्यालय कल्याणपुरमा जाहेरी परेको थियो । त्यस पछी मुद्दा दर्ता भएपश्चात २०८० साल चैत्र १२ गते उच्च अदाललत जनकपुर–राजविराज इजलाशबाट परमादेश जारी भएको प्रहरीको भनाइ छ । २०८१ साल साउन १५ गते साह सहित अन्य प्रतिवादी विरुद्ध पक्राउ पुर्जी जारी भएपछी साहलाई पक्राउ गरीएको प्रहरीको भनाई छ । घटनाका अन्य आरोपीको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
मृतक संतोषीकी आमा चन्दर देवीका अनुसार उक्त घटनाको केही दिन पछी १७ वर्षीय छोरा आशिष बेपत्ता भएका थिए । उनको अवस्था अझै अज्ञात छ । छोरीको अपहरण, बलात्कार र हत्या घटना प्रकरणमा संलग्न रहेकाहरुले घटना मिलापत्र गर्न समय समयमा खाले विभिन्न आर्थिक प्रलोभन देखाउनुका साथै मुद्दा फिर्ता लिन धम्कीपुर्ण दवाव दिने गरेको सुनाउदै उनले छोरालाई पनि सोही समुहले वेपत्ता बनाएको दाबी गरेकी छिन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/05/30 प्रमुख प्रशासकीय अधिकृत अनुभवी नरहेको भन्दै कावा नगरप्रमुखले मन्त्रालयलाई लेखे पत्र
- 2082/05/30 फोहर व्यवस्थापनका लागि नगरपालिकाले विशेष सरसफाई अभियान चलाउने
- 2082/05/30 डिभाईडरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
- 2082/05/29 राजविराज नगरपालिका कार्यालयमा ३० करोड भन्दा बढीको क्षति, ११ लाख नगदसहित तीस वटा सवारीसाधन जलेर नष्ट
- 2082/05/29 कारागार क्षेत्रमा कफ्र्यु आदेश
- 2082/05/29 राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा प्रवाह स्थगन
- 2082/05/27 आन्दोलनका क्रममा चोरी तथा लुटपाट गरेर लगेका सम्पत्ति सात दिन भित्र बुझाउन प्रशासनको चेतावनी
- 2082/05/27 थप १५ जना कैदीबन्दी पक्राउ, एक कैदी मृत फेला
- 2082/05/26 स्थानीय प्रशासनले कफ्र्यु खुकुलो पारेपछि किनमेल गर्दै सर्वसाधारण
- 2082/05/26 फरार ४२ जना कैदीबन्दी पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ