News Category 2072/01/01
फोरम नेपाल र मलेशियामा कार्यरत एक जिल्लावासीद्वारा अग्निपीडितलाई राहत बितरण
दैनिक संवाददाता
राजविराज, ३० चैत ।
सप्तरीको रम्पुरा मल्हनियाँ गाविसका अग्निपीडितलाई सोमबार मधेशी जनअधिकार फोरम नेपाल र मलेशियामा कार्यरत एकजना सप्तरीवासीले राहत बितरण गरेको छ ।
फोरम नेपाल जिल्ला कार्यसमिति सप्तरीले प्रत्येक अग्निपीडित परिवारलाई एकथान स्टिलको थाल र लोटा बितरण गरेको पार्टी जिल्ला अध्यक्ष दिनेश कुमार यादवले जानकारी दिनुभयो ।
पार्टीका केन्द्रिय सदस्य शैलेन्द्र प्रसाद साह, जिल्ला अध्यक्ष दिनेश कुमार यादव, जिल्ला सदस्य केदार यादव, क्षेत्र नं ३ का कावा अध्यक्ष महेश यादव, सचिव बिरेन्द्र गुप्ता, क्षेत्र नं. ४ का सचिव बिरेन्द्र यादव, कोषाध्यक्ष राजेन्द्र यादव लगायतले अग्निीपीडितलाई सो बितरण गर्नुभएको थियो ।
यस्तै सोमबारै सप्तरीको रम्पुरा मल्हनियाँ गाविस ५ निवासी हाल मलेशियामा कार्यरत हरिवंश यादवले प्रत्येक अग्निपीडित परिवारलाई एक थान साडी, मुरही ४ किलो, गम्छा एक थान, चामल ५ किलो, एक प्याकेट चाउचाउ, नुन एक किलो, तेल एक पाउ, कपी र कलम एक एक थान बितरण गरिएको नेपाली काँग्रेस सप्तरीका जिल्ला सदस्य महेन्द्र यादवले जानकारी दिनुभयो ।
यसैअघि अग्नीपिडितलाई सेभ द सप्तरीको अगुवाईमा सेभ द चिल्डे«नद्वारा आईतबार राहत बितरण गरिएको छ । अग्निपीडित ७८ परिवारलाई प्लास्टिकाको एक थान बाल्टिन, एकथान जग, एक एक थान कराही, स्टीलका प्लेट दुई थान, थाल ६ थान, गिलास ६ थान, कटौरा ६ थान, पन्यु, डाडु, झुल प्रति परिवारलाई एक÷एक थानका दरले बितरण गरिएको छ ।
यस्तै अग्निपीडित बालबालिकालाई पेन्सिल, काँपी, झोला, विद्यालयका पोशाकसहितका शैक्षिक सामग्री पनि बितरण गरिएको छ ।
वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झा, शिक्षा अधिकारी लक्ष्मी प्रसाद भट्टराई, सेभ द सप्तरीका अध्यक्ष धु्रव प्रसाद देव, सेभ द चिल्ड्रेनका लहान प्रमुख अरुण कुमार महतो, सेभ द चिल्ड्रेनका वरिष्ट कार्यक्रम संयोजक खिलानाथ निरौला, सेभ द सप्तरीका फिल्ड अधिकृत मनिष कुमार शाह लगायतका व्यक्तिहरु राहत बितरण गर्न त्यहाँ पुग्नु भएको थियो ।
यता अग्नीपीडितलाई पेट दुख्ने, रुखाघोकी र आँखा पाक्ने रोग देखापरेको छ । आगलागीपछि खानपानमा समस्या र खुल्ला आकाशमुनी बस्नुपरेका कारण उनीहरुलाई यो रोगहरु देखापरेको हो । आगलागी भएको दुई दिनसम्म कुनै किसिमको राहत पाउन नसक्दा उनीहरुलाई रोग लागेको जिल्ला जनस्वासथ्य कार्यालयले जनाएको छ ।
शनिबारदेखि सरकारी निकाय र गैर सरकारी संघ–संस्थाहरुले राहत बितरण शुरु गरेको छ । राहत बितरणमा ढिलाई भएकै कारण खानपान र बसाइको अभावमा पेट दुख्ने, रुघाखोकी र आँखा पाक्ने रोग देखापरेको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।
अहिले आगलागीस्थलमा जिल्ला जनस्वास्थ्य कार्यालयले स्वास्थ्यकर्मीहरुलाई खटाएको छ । त्यस क्षेत्रमा खटिएका रम्पुरा स्वास्थ्य चौकीका इन्चार्ज रामअवतार साह र कोइलाडी स्वास्थ्य चौकीका इन्चार्ज पर्शुराम यादवसहितकाले उनीहरुको उपचार गरिरहनु भएको छ । यादवका अनुसार आईतबारसम्म १ सय २८ जनाको उपचार गरिएको छ ।
सो गाविसमा बिहिबार दिउँसो भिषण आगलागी हुदाँ ७८ परिवारको घर जलेर करोडौको क्षति भएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
- 2082/11/15 पूर्व वडाध्यक्षसहित सय भन्दा बढी नेता कार्यकर्ता काँग्रेसमा प्रवेश
- 2082/11/14 शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, पर्यावरण र वातावरण लगायतका विषय समेटेर डा. राउतले सार्वजनिक गरे प्रतिवद्धता पत्र
- 2082/11/13 निर्वाचन सुरक्षा प्रदानसँगै मानवीय सेवामा नेपाली सेना सक्रिय
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ