News Category 2072/01/01

मोटरसाइकल ठक्करबाट देवको मृत्यु

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, ३० चैत । 
पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको प्रसवनी गाविस ५ मा सोमबार मोटरसाइकलको ठक्करबाट एकजना बृद्धाको मृत्यु भएको छ । 
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा. ४१ प. ८८१७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदल यात्री राजविराज ५ निवासी ६० वर्षिया गिता देवको मृत्यु भएको प्रहरीले जनाएको छ । 
मोटरसाइकलको ठक्करबाट गम्भिर घाइते भएकी देवलाई उपचारका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा ल्याए लगत्तै अस्पताका चिकित्सकहरुले मृत घोषित गरेका थिए । 
यता मोटरसाइकल चालक खोटाङ जिल्ला फेदी गाविस २ निवासी २२ वर्षिय पुष्पराज राई पनि सो दुर्घटनामा परि गम्भिर घाइते भएपछि उनलाई ठेलियास्थित धर्मेश्वर अस्पतालमा उपचारका लागि राखिएको प्रहरीले जनाएको छ भने मोटरसाइकललाई इलाका प्रहरी कार्यालय कंचनपुरले नियन्त्रणमा राखेको छ । 

प्रतिकृया दिनुहोस