News Category 2072/01/02
रोकिएन सप्तरीमा आगलागिको घटना गम्हरियामा आगलागीहुँदा सात लाखको क्षति
दैनिक संवाददाता
राजविराज, १ वैशाख ।
सप्तरीमा आगलागिको घटनामा कमि आउन सकेको छैन् । चैत ११ गते जिल्लाको कंचनरुप नगरपालिका स्थित वडा नं. ६ मा आगलागि भएको थियो जसमा एकजनाको मृत्यु हुनुका साथै ८६ घर जलेर नष्ट भएको थियो ।
यस्तै गत बिहीबार जिल्लाको रम्पुरा मल्हनियाँ गाविसमा आगलागि हुँदा ७८ परिवारको १ सय ६५ घर जलेर नष्ट भएको थियो ।
यसैबीच सोमबारराती जिल्लाको गम्हरिया प्रवाह गाविसमा आगलागी हुँदा रु ७ लाखको क्षति भएको छ ।
गम्हरिया प्रवाह गाविस ९ निवासी रामगुलाव रायको घरबाट एक्कासि सल्केको आगोले निजको दुई छिमेकी मिश्रीलाल रायका तीन घर जलेको छ ।
आगलागीबाट खाद्यान्न, लत्ताकपडा, नगद जिन्सी, भाँडावर्तनलगायतका सरसामान जलेको प्रहरीले जनाएको छ । आगो राजविराजबाट गएको बारुणयन्त्र, स्थानीयवासी र प्रहरीले नियन्त्रणमा लिएका थिए ।
यस्तै सोमबार राती नै राजविराज नगरपालिका वडा नं. ४ स्थित श्रीराम काबराको एकवटा टिनको घरमा आगलागि हुँदा १ लाख २५ हजारको क्षति भएको छ । राजविराजस्थित बारुणयन्त्रले सो आगोलाई नियन्त्रणमा लिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/19 लालपूर्जा माग्दै दोश्रो दिन पनि नगरपालिकामा तालाबन्दी जारी, जिल्ला प्रशासन कार्यालय घेराउ
- 2083/02/19 पारिश्रमिक वृद्धिको माग गर्दै मजदुरहरुद्वारा प्रदर्शन
- 2083/02/19 महोत्तरी र पर्सा बिजयी
- 2083/02/18 नेपालकै पहिलो टाउन प्लानिङ राजविराज नगरपालिका , दशकौदेखी बसोवास गर्दै आएका नगरवासीले लालपूर्जा माग्दै प्रदर्शन पश्चात् गरे पालिकामा तालाबन्दी
- 2083/02/18 हरचवाचरवाद्वारा सप्तरीसहित मधेशका ८ वटै जिल्लामा एकै साथ मागपत्र पेश
- 2083/02/18 बारा १० विकेटले बिजयी
- 2083/02/14 थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
- 2083/02/14 ...अनि श्रीमतीसँग माफी मागें
- 2083/02/14 महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
- 2083/02/13 अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ