News Category 2082/08/03
खानेपानी संस्थान कार्यालयमा पुनः तालाबन्दी
दैनिक समाचारदाता
राजविराज, ३ मंसिर ।
राजविराजस्थित खानेपानी संस्थान कार्यालयमा बुधवार पुनः तालाबन्दी गरिएको छ । तीन दिन अघि जेनजी समुहले लगाइएको ताल्चा अघिल्लो दिन मंगलवार स्थानीय प्रशासनको पहलमा फुटाइए पछी विरोधमा उत्रेका जेनजी समुहका युवाहरुले पुनः तालाबन्दी गरेका हुन ।
स्थानीय प्रशासनले ताला फुटाएको विरोधमा प्रर्दशनमा उत्रेका जेनजी समुहका युवाहरुले बुधवार कार्यालय खुल्नासाथ पुनः तालाबन्दी गरेका हुन ।
कार्यालयमा तीन अघि जेनजी समुहका अगुवाहरुद्वारा लगाइएको ताल्चाका कारण सेवा प्रवाहमा समस्या भएको भन्दै जिल्ला प्रशासन कार्यालयको निर्देशनमा ताल्चा फुटाइएको थियो ।
बल प्रयोग गरी सहमती बिनै ताल्चा खोल्नुले आफुहरुको मागको वेवास्ता तथा आन्दोलनको अपमान भएको भन्दै जेनजी समुहले पुनःतालाबन्दी गरेको जेनजी अगुवा मुस्तिकिम आलमले बताए ।
संस्थानको सेवामा सुधार तथा निमित्त कार्यालय प्रमुख राजाराम यादवको सरुवा रोक्नु पर्ने लगायतका माग राखी जेनजी समुहका अगुवाहरुले तीन दिन अघि संस्थानको राजविराज स्थित कार्यालयमा तालाबन्दी गरेका थिए ।
नेपाल खानेपानी संस्थान कार्यालयमा देखिएको विवाद समाधानका लागी जेनजी समुहका अगुवाहरुलाई राखी छलफल भईरहेको र छिट्टै समाधान निस्कीने प्रमुख जिल्ला अधिकारी टुवराज पवोखरेलले जानकारी दिएका छन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/24 निर्वाचनलाई लक्षित गर्दै तीन पार्टीद्वारा कार्यदल गठन
- 2082/09/23 क्यान्सर पीडित छोराका लागि यादव दम्पत्तीद्वारा सहयोगको याचना
- 2082/09/23 अस्पतालमा पुनः एचडियु र एनआईसियु सेवा संचालन
- 2082/09/23 दुई पालिकामा न्यानो कम्बल वितरण
- 2082/09/22 प्रमुख र उपप्रमुखको विवादमा कञ्चनरुप नगरपालिकाको प्रशासनिक तथा नीतिगत प्रक्रिया अवरुद्ध
- 2082/09/22 दुई क्षेत्रबाट उम्मेदवारी सिफारिस भएका नेकपा नेता जसपा नेपालमा प्रवेश
- 2082/09/22 कैदीबन्दीद्वारा चौकिदारमाथी अनियमितताको आरोप
- 2082/09/20 मुस्लिम समाज सप्तरीद्वारा प्रदर्शन, सामाजिक सद्भाव कायम गर्न सबैसँग आह्वान
- 2082/09/20 कारले मोटरसाइकललाई ठक्कर दिदा पत्रकार कर्ण घाइते
- 2082/09/20 सहकारी कारोवारलाई पारदर्शि बनाई बिश्वासको वातावरण बनाउन आग्रह
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ