News Category 2082/08/03
खानेपानी संस्थान कार्यालयमा पुनः तालाबन्दी
दैनिक समाचारदाता
राजविराज, ३ मंसिर ।
राजविराजस्थित खानेपानी संस्थान कार्यालयमा बुधवार पुनः तालाबन्दी गरिएको छ । तीन दिन अघि जेनजी समुहले लगाइएको ताल्चा अघिल्लो दिन मंगलवार स्थानीय प्रशासनको पहलमा फुटाइए पछी विरोधमा उत्रेका जेनजी समुहका युवाहरुले पुनः तालाबन्दी गरेका हुन ।
स्थानीय प्रशासनले ताला फुटाएको विरोधमा प्रर्दशनमा उत्रेका जेनजी समुहका युवाहरुले बुधवार कार्यालय खुल्नासाथ पुनः तालाबन्दी गरेका हुन ।
कार्यालयमा तीन अघि जेनजी समुहका अगुवाहरुद्वारा लगाइएको ताल्चाका कारण सेवा प्रवाहमा समस्या भएको भन्दै जिल्ला प्रशासन कार्यालयको निर्देशनमा ताल्चा फुटाइएको थियो ।
बल प्रयोग गरी सहमती बिनै ताल्चा खोल्नुले आफुहरुको मागको वेवास्ता तथा आन्दोलनको अपमान भएको भन्दै जेनजी समुहले पुनःतालाबन्दी गरेको जेनजी अगुवा मुस्तिकिम आलमले बताए ।
संस्थानको सेवामा सुधार तथा निमित्त कार्यालय प्रमुख राजाराम यादवको सरुवा रोक्नु पर्ने लगायतका माग राखी जेनजी समुहका अगुवाहरुले तीन दिन अघि संस्थानको राजविराज स्थित कार्यालयमा तालाबन्दी गरेका थिए ।
नेपाल खानेपानी संस्थान कार्यालयमा देखिएको विवाद समाधानका लागी जेनजी समुहका अगुवाहरुलाई राखी छलफल भईरहेको र छिट्टै समाधान निस्कीने प्रमुख जिल्ला अधिकारी टुवराज पवोखरेलले जानकारी दिएका छन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/19 लालपूर्जा माग्दै दोश्रो दिन पनि नगरपालिकामा तालाबन्दी जारी, जिल्ला प्रशासन कार्यालय घेराउ
- 2083/02/19 पारिश्रमिक वृद्धिको माग गर्दै मजदुरहरुद्वारा प्रदर्शन
- 2083/02/19 महोत्तरी र पर्सा बिजयी
- 2083/02/18 नेपालकै पहिलो टाउन प्लानिङ राजविराज नगरपालिका , दशकौदेखी बसोवास गर्दै आएका नगरवासीले लालपूर्जा माग्दै प्रदर्शन पश्चात् गरे पालिकामा तालाबन्दी
- 2083/02/18 हरचवाचरवाद्वारा सप्तरीसहित मधेशका ८ वटै जिल्लामा एकै साथ मागपत्र पेश
- 2083/02/18 बारा १० विकेटले बिजयी
- 2083/02/14 थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
- 2083/02/14 ...अनि श्रीमतीसँग माफी मागें
- 2083/02/14 महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
- 2083/02/13 अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ