News Category 2082/08/05

प्रतिबन्धित लागुऔषध  गाँजासहित ट्रक चालक पक्राउ

दैनिक समाचारदाता

प्रतिबन्धित लागुऔषध  गाँजासहित ट्रक चालक पक्राउ

दैनिक समाचारदाता
राजविराज, ५ मंसिर । 

    ठूलो परिमाणको प्रतिबन्धित लागुऔषध गाँजासहित सप्तरी प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ ।
    बिहीबार राति १०ः३० बजेको समयमा जिल्लाको कञ्चनरुप नगरपालिका २ बरमझियाबाट प्रहरीले ९ सय ७८ किलो गाँजासहित ट्रक चालक सुनसरीको धरान उपमहानगरपालिका १३ का २५ बर्षीय संजय श्रेष्ठलाई नियन्त्रणमा लिएको हो ।
    पूर्व–पश्चिम महेन्द्र राजमार्ग हुँदै फत्तेपुरबाट भारदहतर्फ जाँदै गरेको ना.५ख. ५३५ नम्बरको ट्रक रोकेर चेकजाँच गर्दा ट्रकमा फल्सबटम बनाई २८ वटा सेतो बोरा भित्र प्लाष्टिकले प्याक गरेको अवस्थामा ९ सय ७८ केजी गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
    जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक डम्बर बहादुर पुरी र इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेको कमाण्डमा खटिएको संयुक्त प्रहरी टोलीले गोप्य सूचनाका आधारमा चेकजाँच गर्दा उक्त परिमाणको गाँजा, ट्रक र ट्रक चालक श्रेष्ठलाई नियन्त्रणमा लिएको हो ।
    नियन्त्रणमा लिइएका ट्रक चालकलाई शुक्रबार सप्तरी जिल्ला अदालतबाट लागु औषध कसुरमा  सात दिनको म्याद थप गराई घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक पुरीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट