News Category 2082/08/07
जबरजस्तीकरणी मुद्दाका फरार एक कैदी पक्राउ
दैनिक समाचारदाता
राजविराज, ७ मंसिर ।
जेनजी आन्दोलनका क्रममा गत भदौं २५ गते कारागार कार्यालय सप्तरीबाट फरार एक कैदी पक्राउ परेका छन ।
जबरजस्तीकरणी मुद्दामा जेल जीवन विताईरहेको सप्तरीको बोदेर्बसाईन नगरपालिका १ महनौरी टोलका ३५ वर्षिय कामेश्वर मण्डल पक्राउ परेका हुन ।
उनलाई आइतवार इलाका प्रहरी कार्यालय बोदेबर्साइनबाट खटेको प्रहरी टोलीले गाउँघर मै लुकी वसेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक डम्बर बहादुर पुरीले जानकारी दिए ।
जबरजस्तीकरणी मुद्दामा सप्तरी जिल्ला अदालतले उनलाई ३ लाख जरिवाना तथा ७ वर्ष कैद सजायको फैसला सुनाएको थियो ।
कैद सजाय भुक्तान हुन बाँकी रहेकै अवस्थामा फरार भएका उनको खोजी कार्य ब्यापक बनाइए पछी सफलता मिलेको प्रहरी नायब उपरिक्षक पुरीको भनाइ छ ।
जेनजी आन्दोलनका क्रममा राजविराज कारागारबाट २ सय ५ कैदी बन्दी फरार भएका थिए । जस मध्ये हालसम्म १ सय २४ जना कैदीबन्दी फिर्ता ल्याइएको छ भने ६ भारतीय नागरिकसहित ८१ जना अझै पक्राउ पर्न बाकी रहेको जेल प्रशासनले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/19 लालपूर्जा माग्दै दोश्रो दिन पनि नगरपालिकामा तालाबन्दी जारी, जिल्ला प्रशासन कार्यालय घेराउ
- 2083/02/19 पारिश्रमिक वृद्धिको माग गर्दै मजदुरहरुद्वारा प्रदर्शन
- 2083/02/19 महोत्तरी र पर्सा बिजयी
- 2083/02/18 नेपालकै पहिलो टाउन प्लानिङ राजविराज नगरपालिका , दशकौदेखी बसोवास गर्दै आएका नगरवासीले लालपूर्जा माग्दै प्रदर्शन पश्चात् गरे पालिकामा तालाबन्दी
- 2083/02/18 हरचवाचरवाद्वारा सप्तरीसहित मधेशका ८ वटै जिल्लामा एकै साथ मागपत्र पेश
- 2083/02/18 बारा १० विकेटले बिजयी
- 2083/02/14 थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
- 2083/02/14 ...अनि श्रीमतीसँग माफी मागें
- 2083/02/14 महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
- 2083/02/13 अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ