News Category 2082/08/08
सहुलियत दरका १ सय ३८ बोरा मल कालोबजारी गर्न भण्डारण गरिराखेको अवस्थामा बरामद
दैनिक समाचारदाता
राजविराज, ८ मंसिर ।
सहुलियत दरको रसायनिक मल कालोबजारी गर्न भण्डारण गरि राखेको अवस्थामा प्रहरीले बरामद गरेको छ ।
नेपाल सरकारबाट किसानका लागि सहुलियत दरमा उपलब्ध गराइएको रासायनिक मल डिएपी कालोबजारी गरी बढी मूल्यमा बेच्नका लागि भण्डारण गरि राखिएको अवस्थामा १ सय ३८ बोरा रसायनिक मल सप्तरीको हुनुमाननगर कंकालिनी नगरपालिका ९ ईनर्वा चौकस्थित धमेन्द्र जैनको पुरानो राइस मिलको गोदामबाट प्रहरीले बरामद गरेको हो ।
गोप्य सूचनाको आधारमा जिल्ला प्रशासन कार्यालय सप्तरी, सशस्त्र प्रहरी बल नं. ६ गण हेड क्वाटर गोरगमा सप्तरी र इलाका प्रहरी कार्यालय हनुमाननगर सप्तरीबाट खटिएको संयुक्त टोलीले उक्त गोदाम खानतलासी गर्दा प्रति बोरा ५० किलोको १ सय ३४ बोरा मल बरामद भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरिक्षक एवं प्रवक्ता डम्बर बहादुर पुरीका अनुसार सोही पालिका निवासी ४५ वर्षिय धर्मेन्द्र दासले सो गोदाम भाडामा लिई रसायनिक मल भण्डारण गरेको जनाउँदै उनको खोजतलास कार्य भईरहेको बताए ।
यसअघि गत मंगलबार पनि सोही पालिका वडा नं. ३ पोर्ताहाबाट प्रहरीले ना.६ख.६२८४ नम्बरको ट्रकबाट ५० किलो तौल भएको १ सय ३० बोरा, ट्रकबाट अनलोड गरी जनता कृषि सहकारी संस्था लिमिटेडको गोदाममा राखेको १ सय १० बोरा जम्मा २ सय ४० बोरा मल र ट्रक सहित नियन्त्रमा लिएको थियो । प्रहरीले जनता कृषि सहकारी संस्था लिमिटेडका सञ्चालक स्थानिय ४५ बर्षीय मनोज कुमार यादवलाई पक्राउ गरेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/03 बीमा बोर्डका कार्यकारी निर्देशक डा. पौडेलको काज फिर्तासँगै गजेन्द्र नारायण सिंह अस्पतालमा सरुवा
- 2083/01/03 भूपु सैनिक सम्मेलनमा चार जना सन्तानलाई सैनिक सेवामा सहभागी गराउने जितनी देवी सम्मानित
- 2083/01/03 त्रियुगा खोलाको भङ्गालोमा घोघि टिप्न गएकी महिला मृत फेला
- 2082/12/30 प्रशासकीय भवन सार्ने विषयमा जनप्रतिनिधिहरु बीचमै विवाद
- 2082/12/23 पत्रकार महासंघद्वारा सरकारको पछिल्लो विज्ञापन नीति खारेज गर्न माग, सञ्चारमाध्यमहरू बन्द भए हजारौं पत्रकार तथा सञ्चारकर्मी र सञ्चारक्षेत्रमा जोडिएकाहरु प्रत्यक्ष रूपमा प्रभावित हुने
- 2082/12/23 गाईको मासुसहित एक पक्राउ
- 2082/12/23 तीन स्थानमा भएको आगलागिमा ६ लाख ७३ हजार ५ सय मुल्य बराबरको क्षति
- 2082/12/22 शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा बिदा
- 2082/12/22 मर्मत सम्भारको माग गर्दै चक्काजाम
- 2082/12/20 कान उपचार केन्द्रको नवनिर्मितको उद्घाटन, नेपालमा १८ प्रतिशत जनता कान रोगबाट ग्रसित
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ