News Category 2082/08/08
हरवा चरवाको अवस्था भने ज्यूँका त्यूँ, ९ बुँदे माग अघि सार्दै सरकारको ध्यानाकर्षण
दैनिक समाचारदाता
राजविराज, ८ मंसिर ।
मुलुकमा पटक पटक राजनीतिक अवस्था फेरिएपनी हरवा चरवाको अवस्था भने ज्यूँका त्यूँ रहेको छ । सोमवार राजविराजमा पत्रकार सम्मेलन मार्फत हरुवा चरवाले ९ बुँदे माग अघि सार्दै सरकारको ध्यानाकर्षण गराएको छ ।
पत्रकार सम्मेलनमा मुक्त हरवा चरवा अधिकार मञ्चका केन्द्रिय अध्यक्ष दशन मण्डलले उक्त माग पुरा गराउन संचारकर्मीलाई पहल गरिदिन समेत आग्रह गरेका छन ।
कृषि बधुवा मजदुरको रुपमा दैनिक सोह्र घण्टा भन्दा बढी समय काममा जोतिन बाध्य हरवा चरवाको जीवन दिनानुदिन कस्टकर बन्दै गएको उनले सुनाए । प्रायः एलानी, पर्ती, सडक किनार र पोखरीको डिलजस्ता ठाउँमा वसोवास गरेर कस्टकर जीविका धान्दै आएका हरवा चरवालाई पटक पटक फेरिने सरकारहरुबाट आश्वासन बाहेक केही नपाइएको उनको गुनासो छ ।
पत्रकार सम्मेलनमा मञ्चका महासचिव लागेन्द्र पासवानले मञ्चको तर्फबाट ९ बुँदे माग सार्वजनिक गर्दै उक्त माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन । जसमा आवाससहित हरवा–चरवा परिवारलाई वास स्थलको व्यवस्था, स्थानीय तहमा श्रम निर्देशीका तयार गरी न्यूनतम पारिश्रमिकको व्यवस्था, हरवा चरवा बालबालिकालाई विशेष छात्रवृतिको व्यवस्था, हरवा चरवा परिवारको आयआर्जनका लागी सीपमूलक तालिमको व्यवस्था, स्वास्थ्य विमाको व्यवस्था तथा शहरी क्षेत्रका लागी १ कठ्ठा र ग्रामिण क्षेत्रका लागी २ कठ्ठा जग्गा भुमिहिन हरवा–चरवालाई सहयोग वापत सरकारले उपलब्ध गराउनु पर्ने लगायतका माग अघि सारेका छन ।
हरवा–चरवाको सशक्तीकरणका लागी सहयोग गरिरहेका फ्रिडम फन्डका कार्यक्रम सल्लाहाकार ब्रह्मदेव रामले मधेश प्रदेशमा झण्डै एक लाखको हाराहारीका हरवा चरवा रहेको जानकारी दिदै आफुहरुले उनीहरुको उत्थानका लागी विभिन्न कार्यक्रम ल्याएपनी त्यो मात्रै पयाप्त नभएको बताए । उनले यस तर्फ स्थानीय, प्रदेश र संघीय गरी तिनै तहका सरकारको सहयोग र सकृयता आवश्यक रहेको बताए ।
पत्रकार सम्मेलनको उदेश्य बारे प्रकाश पार्दै हरवा चरवा सशक्तीकरण कार्यक्रम संयोजक टिकाराम विश्वकर्माले सरकारले सबै स्थानीय तहलाई परिचालन गरेर हरवा चरवाको यकिन तथ्याक र लागत संकलन तथा परिचयपत्र र व्यवस्थापन सम्बन्धि प्याकेज दिने व्यवस्थाका लागी पहल गर्न माग गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/08 हरवा चरवाको अवस्था भने ज्यूँका त्यूँ, ९ बुँदे माग अघि सार्दै सरकारको ध्यानाकर्षण
- 2082/08/08 सहुलियत दरका १ सय ३८ बोरा मल कालोबजारी गर्न भण्डारण गरिराखेको अवस्थामा बरामद
- 2082/08/07 जबरजस्तीकरणी मुद्दाका फरार एक कैदी पक्राउ
- 2082/08/05 प्रतिबन्धित लागुऔषध गाँजासहित ट्रक चालक पक्राउ
- 2082/08/05 सार्वभौमसत्तामाथि खतरा ः राप्रपा अध्यक्ष लिङ्गदेन
- 2082/08/05 युटुवर बिक्कि सिंह पक्राउ
- 2082/08/04 जिल्लास्तरिय बिधालय क्रिकेट लालीगुराँस र रायपुर बिजयी
- 2082/08/03 पर्याप्त दाइजो नल्याएको भन्दै विहे भएको चार महिना मै महिला घर निकाला
- 2082/08/03 खानेपानी संस्थान कार्यालयमा पुनः तालाबन्दी
- 2082/08/02 सहुलियत दरका २ सय ४० बोरा मलसहित सहकारीका संचालक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ