News Category 2082/08/09

भ्रष्टाचार मुद्दाका फरार प्रतिवादी पक्राउ

दैनिक समाचारदाता

भ्रष्टाचार मुद्दाका फरार प्रतिवादी पक्राउ

दैनिक समाचारदाता
राजविराज, ९ मंसिर ।

    सप्तरी प्रहरीले भ्रष्टाचार मुद्दाका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको रुपनी गाउँपालिका १ का रामबाबु यादव छन् । 
    झुठा विवरण पेश गरि भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालत काठमाडौबाट फैसला भएपश्चात् यादव फरार थिए । उनलाई १० हजार रुपैया जरिवाना तथा ६ महिना कैद सजाय तोकिएको छ । 
    जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोली उनलाई घरबाटै नियन्त्रणमा लिएको जनाएको छ ।  
    पक्राउ परेका यादवलाई मंगलबार आवश्यक कारबाहीका लागि सप्तरी जिल्ला अदालत राजविराज दाखिला गरिएको सप्तरीका प्रहरी प्रबक्ता डिएसपी डम्बर बहादुर पुरीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट