News Category 2082/08/09
भजन किर्तन गर्दै कारागारमा पनि विवाह पञ्चमी उत्सव
दैनिक समाचारदाता
राजविराज, ९ मंसिर ।
कारागार कार्यालय सप्तरीमा कैदीबन्दीहरुले विवाह पञ्चमी धुमधामका साथ मनाएका छन् ।
त्रेता युगमा अयोध्याका राजा दशरथका छोरा भगवान राम र जनकपुरका राजा जनकका छोरी सीताको विवाह जनकपुरमा भएको दिनलाई सम्झदै जिल्लाका विभिन्न राम मन्दिरमा विवाह पञ्चमी उत्सवका रुपमा मनाईरहेका बेला मंगलवार कारागारका कैदीबन्दीले पनि श्रद्धापुर्वक विवाह पञ्चमी उत्सव मनाएका हुन ।
राम र सीता माताको माटाका साना मुर्ती र तस्बीर राखेर उनीहरुले पुजापाठ, भजन किर्तन तथा पापबाट मुक्तीका लागी प्रार्थना गरेको कैदी सत्रुघन मुखियाले बताए । यस अवसरमा कतिपय कैदीबन्दी ब्रत समेत वसेको जेलर गंगालाल योगीले बताए ।
मंगलवारका दिन परेकाले कतिपय कैदीबन्दी हनुमान देउताको पनि पुजापाठ र हनुनमान चालिसा बाचन गरेको उनले सुनाए ।
विवाह पञ्चमीको अवसर पारेर ब्रह्मा कुमारी राजयोग सेवा केन्द्रबाट पुगेको टोली पनि कारागारमा सहभागी भई प्रवचन मार्फत पापबाट मुक्ती तथा सत्यमार्गमा हिड्न प्रेरित गरेका छन ।
ब्रह्माकुमारी राजयोग सेवा केन्द्रद्वारा संचालित ओमशान्ति मिडीयाका प्रभारी दिनानाथ यादवको नेतृत्वमा पुगेको टोलीले कैदीबन्दीहरुलाई सत्यमार्गमा हिड्न तथा जेलजीवन विताई घर फर्केपछि समाजमा गरिने ब्यवहार तथा आचरण बारे ज्ञान बाँडेका थिए ।
यता विवाह पञ्चमीको अवसर पारेर यहाँ स्थित राम मन्दीर समितीद्वारा गठित विवाह पञ्चमी उत्सव समारोह तथा पुजा समितीको अगुवाईमा भब्य शोभायात्रा निकालिएको छ ।
शोभा यात्रामा भक्तजनले जय श्रीरामको नारा लगाउँदै बजार क्षेत्र परिक्रमा गरेका थिए । पुजा समितीका संयोजक सुर्य नारायण यादवले समाजिक सदभाव, सुखःशान्ति तथा एकताको सन्देश दिन पनि शोभा यात्रा निकालिएको बताए ।
यस अवसरमा साँस्कृतिक तथा माहाप्रसाद वितरण, साधु सन्तलाई निशुल्क भोजन लगायतका कार्यक्रमको समेत आयोजना गरिएको रामन्दिर निर्माण समितीका अध्यक्ष खुशीलाल याद वले जानकारी दिए । विवाह पञ्चमीको अवसर पारेर मंगलवार मधेश प्रदेश सरकारले सार्वजनिक विदा नै दिए पछी रौनक र सहभागिता दुबै बढेको विवाह पञ्चमी उत्सव समारोह तथा पुजा समितीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/25 दैनिक दुई उडान प्रचार मै सीमित
- 2082/09/25 सशस्त्र प्रहरीद्वारा सीमा सुरक्षा र सद्भाव बढाउन झण्डा मार्च
- 2082/09/25 मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, अर्का गम्भिर
- 2082/09/24 निर्वाचनलाई लक्षित गर्दै तीन पार्टीद्वारा कार्यदल गठन
- 2082/09/23 क्यान्सर पीडित छोराका लागि यादव दम्पत्तीद्वारा सहयोगको याचना
- 2082/09/23 अस्पतालमा पुनः एचडियु र एनआईसियु सेवा संचालन
- 2082/09/23 दुई पालिकामा न्यानो कम्बल वितरण
- 2082/09/22 प्रमुख र उपप्रमुखको विवादमा कञ्चनरुप नगरपालिकाको प्रशासनिक तथा नीतिगत प्रक्रिया अवरुद्ध
- 2082/09/22 दुई क्षेत्रबाट उम्मेदवारी सिफारिस भएका नेकपा नेता जसपा नेपालमा प्रवेश
- 2082/09/22 कैदीबन्दीद्वारा चौकिदारमाथी अनियमितताको आरोप
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ