News Category 2082/08/09
भजन किर्तन गर्दै कारागारमा पनि विवाह पञ्चमी उत्सव
दैनिक समाचारदाता
राजविराज, ९ मंसिर ।
कारागार कार्यालय सप्तरीमा कैदीबन्दीहरुले विवाह पञ्चमी धुमधामका साथ मनाएका छन् ।
त्रेता युगमा अयोध्याका राजा दशरथका छोरा भगवान राम र जनकपुरका राजा जनकका छोरी सीताको विवाह जनकपुरमा भएको दिनलाई सम्झदै जिल्लाका विभिन्न राम मन्दिरमा विवाह पञ्चमी उत्सवका रुपमा मनाईरहेका बेला मंगलवार कारागारका कैदीबन्दीले पनि श्रद्धापुर्वक विवाह पञ्चमी उत्सव मनाएका हुन ।
राम र सीता माताको माटाका साना मुर्ती र तस्बीर राखेर उनीहरुले पुजापाठ, भजन किर्तन तथा पापबाट मुक्तीका लागी प्रार्थना गरेको कैदी सत्रुघन मुखियाले बताए । यस अवसरमा कतिपय कैदीबन्दी ब्रत समेत वसेको जेलर गंगालाल योगीले बताए ।
मंगलवारका दिन परेकाले कतिपय कैदीबन्दी हनुमान देउताको पनि पुजापाठ र हनुनमान चालिसा बाचन गरेको उनले सुनाए ।
विवाह पञ्चमीको अवसर पारेर ब्रह्मा कुमारी राजयोग सेवा केन्द्रबाट पुगेको टोली पनि कारागारमा सहभागी भई प्रवचन मार्फत पापबाट मुक्ती तथा सत्यमार्गमा हिड्न प्रेरित गरेका छन ।
ब्रह्माकुमारी राजयोग सेवा केन्द्रद्वारा संचालित ओमशान्ति मिडीयाका प्रभारी दिनानाथ यादवको नेतृत्वमा पुगेको टोलीले कैदीबन्दीहरुलाई सत्यमार्गमा हिड्न तथा जेलजीवन विताई घर फर्केपछि समाजमा गरिने ब्यवहार तथा आचरण बारे ज्ञान बाँडेका थिए ।
यता विवाह पञ्चमीको अवसर पारेर यहाँ स्थित राम मन्दीर समितीद्वारा गठित विवाह पञ्चमी उत्सव समारोह तथा पुजा समितीको अगुवाईमा भब्य शोभायात्रा निकालिएको छ ।
शोभा यात्रामा भक्तजनले जय श्रीरामको नारा लगाउँदै बजार क्षेत्र परिक्रमा गरेका थिए । पुजा समितीका संयोजक सुर्य नारायण यादवले समाजिक सदभाव, सुखःशान्ति तथा एकताको सन्देश दिन पनि शोभा यात्रा निकालिएको बताए ।
यस अवसरमा साँस्कृतिक तथा माहाप्रसाद वितरण, साधु सन्तलाई निशुल्क भोजन लगायतका कार्यक्रमको समेत आयोजना गरिएको रामन्दिर निर्माण समितीका अध्यक्ष खुशीलाल याद वले जानकारी दिए । विवाह पञ्चमीको अवसर पारेर मंगलवार मधेश प्रदेश सरकारले सार्वजनिक विदा नै दिए पछी रौनक र सहभागिता दुबै बढेको विवाह पञ्चमी उत्सव समारोह तथा पुजा समितीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/19 लालपूर्जा माग्दै दोश्रो दिन पनि नगरपालिकामा तालाबन्दी जारी, जिल्ला प्रशासन कार्यालय घेराउ
- 2083/02/19 पारिश्रमिक वृद्धिको माग गर्दै मजदुरहरुद्वारा प्रदर्शन
- 2083/02/19 महोत्तरी र पर्सा बिजयी
- 2083/02/18 नेपालकै पहिलो टाउन प्लानिङ राजविराज नगरपालिका , दशकौदेखी बसोवास गर्दै आएका नगरवासीले लालपूर्जा माग्दै प्रदर्शन पश्चात् गरे पालिकामा तालाबन्दी
- 2083/02/18 हरचवाचरवाद्वारा सप्तरीसहित मधेशका ८ वटै जिल्लामा एकै साथ मागपत्र पेश
- 2083/02/18 बारा १० विकेटले बिजयी
- 2083/02/14 थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
- 2083/02/14 ...अनि श्रीमतीसँग माफी मागें
- 2083/02/14 महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
- 2083/02/13 अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ