News Category 2082/08/10
हनुमाननगर कंकालिनीका एक सय पचास परिवारलाई राहत वितरण
दैनिक समाचारदाता
राजविराज, १० मंसिर ।
हनुमाननगर कंकालिनी नगरपालिकामा एकसय पचास दलित परिवारलाई राहत स्वरुप खाद्यान्न सामग्री उपलब्ध गराइएको छ ।
ल्याटर डे सेन्ट च्यारेटिज को आर्थिक सहयोगमा, हेल्थ न्यूट्रिसन एजुकेशन एण्ड एग्रीकल्चर रिसर्च डेभलपमेन्ट नेपालको आयोजना र हनुमाननगर कंकालिनी नगरपालिकाको समन्वयमा सो खाद्यान्न सामग्री उपलब्ध गराइएको हो ।
नगरपालिकाको वडा नम्बर २ सकरदहीका ९३ वडा नम्बर ४ गंगापुरका ५७ जना गरि एकसय पचास जनालई लाई राहत उपलब्ध गराइएको नगरप्रमुख विरेन्द्र माझीले जानकरी दिए ।
खाद्यान्न सामग्रीमा चामल २५ किलो, दाल २ किलो, खाने तेल एक लिटर, नून एक किलो, त्रिपाल २ थान, लुगा धुने र नुहाउने साबुन ४÷४ थान, मन्जन, ब्रस, तौलिया र झोला रहेको छ ।
राहत वितरणमा नगरप्रमुख माझी सहित वडा नम्बर २ का अध्यक्ष सन्तोष गोइत, वडा नम्बर ४ का अध्यक्ष मौली मण्डलसहित स्थानीय र सुरक्षाकर्मीको उपस्थिति थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/25 दैनिक दुई उडान प्रचार मै सीमित
- 2082/09/25 सशस्त्र प्रहरीद्वारा सीमा सुरक्षा र सद्भाव बढाउन झण्डा मार्च
- 2082/09/25 मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, अर्का गम्भिर
- 2082/09/24 निर्वाचनलाई लक्षित गर्दै तीन पार्टीद्वारा कार्यदल गठन
- 2082/09/23 क्यान्सर पीडित छोराका लागि यादव दम्पत्तीद्वारा सहयोगको याचना
- 2082/09/23 अस्पतालमा पुनः एचडियु र एनआईसियु सेवा संचालन
- 2082/09/23 दुई पालिकामा न्यानो कम्बल वितरण
- 2082/09/22 प्रमुख र उपप्रमुखको विवादमा कञ्चनरुप नगरपालिकाको प्रशासनिक तथा नीतिगत प्रक्रिया अवरुद्ध
- 2082/09/22 दुई क्षेत्रबाट उम्मेदवारी सिफारिस भएका नेकपा नेता जसपा नेपालमा प्रवेश
- 2082/09/22 कैदीबन्दीद्वारा चौकिदारमाथी अनियमितताको आरोप
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ