News Category 2082/08/10
कार्यकारी राष्ट्रपति प्रणाली सहित २८ बुदे माग गर्दै जसपा नेपालले पठायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र
दैनिक समाचारदाता
राजविराज, १० मंसिर ।
जनता समाजवादी पार्टी (जसपा) नेपाल सप्तरीले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपती प्रणालीको माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ ।
बुधबार जसपा नेपालका सप्तरीका अध्यक्ष केदार प्रसाद यादवको नेतृत्वमा पार्टीका नेता तथा कार्यकर्ताको टोली जिल्ला प्रसान कार्यालय सप्तरी पुगेर प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति सहित समानुपातिक समावेशी प्रतिनिधित्व हुने संसदको व्यवस्था सहितका २८ बुँदे माग राखि प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको हो ।
पार्टीको केन्द्रीय कार्यकारिणी समितिले घोषणा गरेको आन्दोलनका कार्यक्रम अनुसार पार्टीले उठाउँदै आएका मुख्य माग तथा राष्ट्रिय मुद्दाहरु समेटेर प्रधानमन्त्री शुशीला कार्कीलाई प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाइएको जिल्ला अध्यक्ष केदार प्रसाद यादवले जानकारी दिए ।
ज्ञापनपत्र मार्फत प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपती प्रणाली, समानुपातीक समावेशी प्रतिनिधीत्व हुने संसदको ब्यवस्थाका साथै संविधान संशोधन वा पुनरलेखन गरी राष्ट्रिय समस्याको समाधान, राज्य पुर्नसंरचना उच्चस्तरीय आयोगको सुझाव प्रतिवेदन (१०+१) हुने गरी राज्यको पुर्नसंरचना गरिनु पर्ने माग गरिएको छ ।
यस्तै जनसंख्याको आधारमा प्रतिनिधित्व हुने व्यवस्था, दलित र महिलाका लागी छुट्टै आरक्षित संसदीय÷प्रादेशिक निर्वाचन क्षेत्रको व्यवस्था, राष्ट्रियसभालाई प्रादेशिक जनसंख्याका आधारमा समानुपातीक समावेशी हुने गरी हाउस अफ नेशनललाईटिज बनाईनु पर्ने, स्थानीयतहलाई प्रादेशिक क्षेत्राधिकार अन्तर्गत राखेर गैर(दलिय आधारमा निर्वाचन, राजनीतिक नियुक्तीहरुमा भागवण्डा अन्त्य गरी योग्यता, क्षमता र अनुभवको आधारमा समानुपातीक समावेशी हुनेगरी नियुक्ती, विगतमा भएका आन्दोलनका वेला गठन गरिएका न्यायीक छानवीन आयोगहरुको प्रतिवेदन सार्वजनिक लगायतका २८ बुन्दे माग ज्ञापनपत्रमा उल्लेख गरिएको अध्यक्ष यादवले बताए ।
ज्ञापनपत्र बुझ्दै प्रजिअ पोखरेलले तत्कालै प्रधानमन्त्रीको कार्यालय पठाइ आवश्यक पहल गर्ने प्रतिबद्धता जनाए ।
जिल्ला अध्यक्ष यादव संगै प्रदेश साँसद किरण कुमारी साह, मधेश प्रदेशका पूर्व सभामुख उपमा देव, जसपा नेता जगदेव यादव, शैलेश चौधरी, दिनेश कुमार यादव, लक्षमण यादव, विनोद यादव, किशोर यादव“केसी”, प्रभाकर यादव, अमुत साफी, नववित झा, शम्भु यादव, महिला नेतृ रमिला देवी साह, पुनम यादव, आशा साह सहित ठूलो संख्यामा जसपा नेता÷कार्यकर्ता जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ