News Category 2082/08/11
अदालतलाई कम्प्युटर र प्रिन्टर सहयोग
दैनिक समाचारदाता
राजविराज, ११ मंसिर ।
सप्तरी जिल्ला अदालतलाई एक सहकारी संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत कम्प्युटर र प्रिन्टर सहयोग गरेको छ ।
नेपाल सहकारी संस्था लिमिटेड राजविराजले बिहीबार सप्तरी जिल्ला अदालतलाई १ थान कम्प्युटर र १ थान प्रिन्टर सहयोग गरेको हो ।
कार्यालयको कामलाई थप सहज बनाउने उद्देश्यका साथ कम्प्युटर र प्रिन्टर उपलब्ध गराइएको उक्त सहकारी संग आवद्ध रन्धिर कर्णले बताए । उनले सानै सहयोग भए पनि अदालतको डिजिटल सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन र सेवाग्राहीले छिटो र सहज न्यायिक सेवा पाउने विश्वासका साथ उक्त सामग्री हस्तान्तरण गरिएको जनाए ।
अदालतका स्रेस्तेदार श्यामहरि अधिकारीले अदालतलाई कम्प्युटर र प्रिन्टर उपलब्ध गराएकोमा नेपाल सहकारी संस्था लिमिटेडलाई धन्यवाद दिए ।
गत भदौ २४ मा जेनजी आन्दोलनको क्रममा सप्तरी जिल्ला अदालतमा पनि तोडफोड र आगजनी भएपछि कम्प्युटर, ल्यापटप, प्रिन्टरलगायत सामग्री जलेर नष्ट हुँदा अदालतको डिजिटल सेवा प्रवाह प्रभावित हुँदै आएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/19 लालपूर्जा माग्दै दोश्रो दिन पनि नगरपालिकामा तालाबन्दी जारी, जिल्ला प्रशासन कार्यालय घेराउ
- 2083/02/19 पारिश्रमिक वृद्धिको माग गर्दै मजदुरहरुद्वारा प्रदर्शन
- 2083/02/19 महोत्तरी र पर्सा बिजयी
- 2083/02/18 नेपालकै पहिलो टाउन प्लानिङ राजविराज नगरपालिका , दशकौदेखी बसोवास गर्दै आएका नगरवासीले लालपूर्जा माग्दै प्रदर्शन पश्चात् गरे पालिकामा तालाबन्दी
- 2083/02/18 हरचवाचरवाद्वारा सप्तरीसहित मधेशका ८ वटै जिल्लामा एकै साथ मागपत्र पेश
- 2083/02/18 बारा १० विकेटले बिजयी
- 2083/02/14 थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
- 2083/02/14 ...अनि श्रीमतीसँग माफी मागें
- 2083/02/14 महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
- 2083/02/13 अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ