News Category 2082/08/12
विवाहमा नाच्दै गर्दा जेनेरेटरको फ्यानमा कपाल फँसेर गम्भिर घाईते
दैनिक समाचारदाता
राजविराज, १२ मंसिर ।
सप्तरीको बोदेबर्साइन नगरपालिका स्थित एक विवाह समारोहमा नाचिरहेकी नवालिकाको जेनेरेटरको फ्यानमा कपाल फँस्दा गम्भिर घाईते भएकी छिन् ।
नगरपालिकाको वडा नम्बर १ महनौरीमा विवाह समारोहका क्रममा नाचिरहेको बेला जेनेरेटरको फ्यानमा कपाल फस्दा एक १४ वर्षीया बालिका गम्भीर घाइते भएकी हुन् ।
शम्भुनाथ नगरपालिका वडा नम्बर ३ घर भएकी खुशबु पाल मजदुरीका रुपमा विवाहमा नाच्न आएका बेला बिहीबार राति करिब ११ बजे जेनेरेटरको फ्यानमा कपाल फस्सिएपछि टाउकोको कपालसहित छाला समेत तानिँदै घाइते भएको प्रहरीले जनाएको छ ।
शुक्रबार बोदेबरसाईन १ स्थित प्रमोद यादवको छोरीको बिहेमा नाच्नको लागि श्रमिकको रुपमा आएकी खुशबु गम्भिर घाईते भएपछि स्थानीयले तत्कालै उपचारका लागि गजेन्द्र नारायण सिंह अस्पताल, राजविराज ल्याएको थियो ।
उहाँको स्वास्थ्य अवस्था गम्भीर देखिएपछि बिहीबार राति नै थप उपचारका लागि न्युरो अस्पताल, विराटनगर लगिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भईरहेको उनले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/19 लालपूर्जा माग्दै दोश्रो दिन पनि नगरपालिकामा तालाबन्दी जारी, जिल्ला प्रशासन कार्यालय घेराउ
- 2083/02/19 पारिश्रमिक वृद्धिको माग गर्दै मजदुरहरुद्वारा प्रदर्शन
- 2083/02/19 महोत्तरी र पर्सा बिजयी
- 2083/02/18 नेपालकै पहिलो टाउन प्लानिङ राजविराज नगरपालिका , दशकौदेखी बसोवास गर्दै आएका नगरवासीले लालपूर्जा माग्दै प्रदर्शन पश्चात् गरे पालिकामा तालाबन्दी
- 2083/02/18 हरचवाचरवाद्वारा सप्तरीसहित मधेशका ८ वटै जिल्लामा एकै साथ मागपत्र पेश
- 2083/02/18 बारा १० विकेटले बिजयी
- 2083/02/14 थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
- 2083/02/14 ...अनि श्रीमतीसँग माफी मागें
- 2083/02/14 महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
- 2083/02/13 अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ