News Category 2082/09/22
कैदीबन्दीद्वारा चौकिदारमाथी अनियमितताको आरोप
दैनिक समाचारदाता
राजविराज, २२ पुस ।
कारागार कार्यालय सप्तरीका कैदीबन्दीले आफुहरुले पाउने विभिन्न सेवा सुविधा रकम तथा सामग्रीमा चौकिदारले अनियमितता गर्ने गरेको आरोप लगाएका छन । उनीहरुले सो प्रकरणबारे उचित छानवीन हुनु पर्ने माँग समेत गरेका छन ।
उनीहरुले चौकिदार मनोज यादव र कामेश्वर यादवले कारागारको “क” ब्लकमा राशन सामग्रीमा मनपरी मूल्य कायम गरी वसुली गर्नेदेखी कैदीबन्दीका लागी चिसो छल्न सरकारद्वारा कपडाका लागी पठाइएको रकममा समेत आर्थिक अनियमितता गरेको दाबी गरेका छन ।
कारागारमा बन्दी जीवन विताईरहेका सिरहाका दिपेन्द्र महतोका अनुसार चौकिदार कामेश्वर र मनोजले एक पिस माछाको ९० तथा मासुको १ सय ५० रुपैया जबरजस्ती वसुल्ने गरेको बताए । यस्तै आलु प्रति केजी १ सय, प्याज प्रति केजी १ सय ५० र काउली प्रति केजी २ सय ५० का दरले कारागारका कैदीबन्दीलाई बेच्ने गरेको उनको भनाई छ । यतिमात्र होइन, चिसो मौसमलाई ध्यानमा राखी सरकारले कपडाका लागी प्रति कैदीबन्दी २ हजार ५ सयका दरले पठाइएको रकममा पनि आर्थिक अनियमितता भएको कैदीबन्दीको गुनासो छ ।
यसै विषयलाई लिएर अघिल्लो दिन सोमवार साँझ हो–हल्ला भएपछि जिल्ला प्रहरी कार्यालयबाट पुगेको टोलीले स्थिती नियन्त्रणमा लिएको प्रहरी नायब उपरिक्षक डम्बर बहादुर पुरीले जानकारी दिए । उनले कैदीबन्दीको माग अनुसार चौकिदारको सरुवा गरिएपछि कारागारको तनाव साम्य भएको बताए ।
यता पाँच दिन अघि मात्र जिम्मेवारी सम्हालेका निमित्त जेलर शुशिल कर्णले कैदीबन्दीको गुनासो आएपछि दुबै चौकिदारलाई “क” ब्लकबाट हटाएर अनुसन्धान भइरहेको बताए । उनले राशन सामग्रीमा मनपरी मूल्य चौकिदारले लिएको गुनासो पछी कारागार भित्र राशन सामग्रीको उचित मुल्य कायम गरी मूल्य सुची नै टाँस गरिएको बताए ।
उनले कपडा वापतको रकम सम्बन्धमा कैदीबन्दीले लगाएको आरोप पनि छानवीन भईरहेको बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/19 लालपूर्जा माग्दै दोश्रो दिन पनि नगरपालिकामा तालाबन्दी जारी, जिल्ला प्रशासन कार्यालय घेराउ
- 2083/02/19 पारिश्रमिक वृद्धिको माग गर्दै मजदुरहरुद्वारा प्रदर्शन
- 2083/02/19 महोत्तरी र पर्सा बिजयी
- 2083/02/18 नेपालकै पहिलो टाउन प्लानिङ राजविराज नगरपालिका , दशकौदेखी बसोवास गर्दै आएका नगरवासीले लालपूर्जा माग्दै प्रदर्शन पश्चात् गरे पालिकामा तालाबन्दी
- 2083/02/18 हरचवाचरवाद्वारा सप्तरीसहित मधेशका ८ वटै जिल्लामा एकै साथ मागपत्र पेश
- 2083/02/18 बारा १० विकेटले बिजयी
- 2083/02/14 थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
- 2083/02/14 ...अनि श्रीमतीसँग माफी मागें
- 2083/02/14 महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
- 2083/02/13 अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ