News Category 2082/09/22
दुई क्षेत्रबाट उम्मेदवारी सिफारिस भएका नेकपा नेता जसपा नेपालमा प्रवेश
दैनिक समाचारदाता
राजविराज, २२ पुस ।
प्रतिनिधिसभा निर्वाचनका लागि सप्तरीको क्षेत्र नं. २ र ३ बाट उम्मेदवारको रुपमा सिफारिस भएका नेकपाका नेता उमेश कुमार यादव जसपा नेपालमा प्रवेश गरेका छन् ।
सप्तरीको छिन्नमस्ता गाउँपालिका निवासी ५५ वर्षिय यादव मंगलबार नेकपा परित्याग गर्दै उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका हुन् ।
प्रचण्ड नेतृत्वको तत्कालिन माओवादी केन्द्रका केन्द्रिय सदस्य एवं पूर्वसिचाई मन्त्री यादवलाई जसपा नेपालको केन्द्रिय कार्यालय बालकुमारीमा आयोजित एक कार्यक्रममा अध्यक्ष उपेन्द्र यादवले स्वागत गर्दै सदस्यता प्रदान गरेका छन् । उक्त अवसरमा मधेश प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउत तथा महिला नेतृ रेणु यादव लगायतको उपस्थिति रहेको थियो ।
जसपा नेपालमा प्रवेश गरेका नेता यादवले माओवादी नेता मातृका यादव र विश्वनाथ साहको हैकम प्रवृती तथा पार्टी भित्र उनीहरुले चलाएको अलोकतान्त्रिक गतिविधीका कारण पार्टी छोड्न आफू बाध्य भएको प्रतिक्रिया दिएका छन् ।
उनले अब नयाँ ढंगले राजनीतिक यात्रा सुरु गर्ने र मुलुकको हित जसपा नेपालबाट मात्र सम्भव भएको बताए । उनी २०७० सालमा नेकपा माओवादी केन्द्रको तर्फबाट सप्तरीबाट संविधानसभा सदस्यमा निर्वाचित भई प्रचण्ड नेतृत्वको सरकारमा सिंचाई मन्त्री समेत भएका थिए । उनी जनयुद्धका बेला सप्तरीमा जनसरकार प्रमुखको रुपमा समेत जिम्मेवारी बहन गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/23 क्यान्सर पीडित छोराका लागि यादव दम्पत्तीद्वारा सहयोगको याचना
- 2082/09/23 अस्पतालमा पुनः एचडियु र एनआईसियु सेवा संचालन
- 2082/09/23 दुई पालिकामा न्यानो कम्बल वितरण
- 2082/09/22 प्रमुख र उपप्रमुखको विवादमा कञ्चनरुप नगरपालिकाको प्रशासनिक तथा नीतिगत प्रक्रिया अवरुद्ध
- 2082/09/22 दुई क्षेत्रबाट उम्मेदवारी सिफारिस भएका नेकपा नेता जसपा नेपालमा प्रवेश
- 2082/09/22 कैदीबन्दीद्वारा चौकिदारमाथी अनियमितताको आरोप
- 2082/09/20 मुस्लिम समाज सप्तरीद्वारा प्रदर्शन, सामाजिक सद्भाव कायम गर्न सबैसँग आह्वान
- 2082/09/20 कारले मोटरसाइकललाई ठक्कर दिदा पत्रकार कर्ण घाइते
- 2082/09/20 सहकारी कारोवारलाई पारदर्शि बनाई बिश्वासको वातावरण बनाउन आग्रह
- 2082/09/18 वसपार्कको कार्यबिधी त्रुटिपुर्ण रहेको भन्दै सच्याउन माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ