News Category 2072/01/07
सप्तरीको बेल्ही नाका तस्करी मार्गमा परिणत हुँदै
दैनिक संवाददाता
राजविराज, ६ बैशाख ।
विगत केही समय यता सप्तरीको विभिन्न नाकामा चोरी तस्करीमा बृद्धि भएको छ ।
पछिल्लो समयमा सप्तरीको दक्षिणी सिमावर्ती क्षेत्रमा रहेको बेल्ही, मल्हनीया, धाती लगायतका नाकाहरु तस्करी मार्गको रुपमा परिणत भएका छन् ।
श्रोतका अनुसार, त्यस क्षेत्रमा रहेको तिनवटा प्रहरी चौकीका प्रमुख चौकी तथा सुरक्षा आउट बोर्डर पोष्टका प्रमुखहरुले तस्करहरुसँग प्रत्यक्ष संलग्नता देखाएपछि तस्करीले व्यापकता पाएको हो ।
भन्सार कार्यालयले राजस्व संकलन नीतिमा कडाई गरेकाले तस्करहरुले प्रहरीहरुसँग साठघाठ गरि रातिको समयमा भन्सार छली अबैध रुपमा सरसमान नेपाल भित्रयाउने गरेको प्रत्यक्षदर्शीले बताएका छन् । स्थानियबासिन्दाका अनुसार, एक पटक मालसमान पार गरे वापत प्रहरीले पाँच हजारदेखि दश हजारसम्म नजराना लिने गरेको दाबी रहेको छ ।
रातीको समयमा मल्हनीयाबाट दैनिक अबैध रुपले मटितेल, खानेतेल तथा मोटरका पार्टस, लगायतका सरसमानहरु भन्सार छली लैजाने गरिएको छ, तर प्रहरी प्रशासन मुखदर्शक भएर बसिरहेको आरोप स्थानियवासीहरुले लगाएका छन् ।
तर, सो सम्बन्धमा प्रहरी चौकीका प्रमुखहरुले यस क्षेत्रबाट कुनै किसिमको अबैध करोबार नहुने गरेको भन्दै अनभिज्ञता प्रकट गर्दै पन्छिन खोजेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/19 लालपूर्जा माग्दै दोश्रो दिन पनि नगरपालिकामा तालाबन्दी जारी, जिल्ला प्रशासन कार्यालय घेराउ
- 2083/02/19 पारिश्रमिक वृद्धिको माग गर्दै मजदुरहरुद्वारा प्रदर्शन
- 2083/02/19 महोत्तरी र पर्सा बिजयी
- 2083/02/18 नेपालकै पहिलो टाउन प्लानिङ राजविराज नगरपालिका , दशकौदेखी बसोवास गर्दै आएका नगरवासीले लालपूर्जा माग्दै प्रदर्शन पश्चात् गरे पालिकामा तालाबन्दी
- 2083/02/18 हरचवाचरवाद्वारा सप्तरीसहित मधेशका ८ वटै जिल्लामा एकै साथ मागपत्र पेश
- 2083/02/18 बारा १० विकेटले बिजयी
- 2083/02/14 थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
- 2083/02/14 ...अनि श्रीमतीसँग माफी मागें
- 2083/02/14 महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
- 2083/02/13 अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ