News Category 2072/01/09
मातृभाषाप्रति भ्रामक अफवाह फैलाएकोमा दुःख ब्यक्त
दैनिक संवाददाता
राजविराज, ८ बैशाख ।
मैथिली साहित्य परिषद सप्तरीले मातृभाषाप्रति भ्रामक अफवाह फैलाएकोमा दुःख ब्यक्त गरेको छ ।
मैथिली साहित्य परिषद सप्तरीद्वारा मंगलबार मैथिली साहित्य परिषद राजविराजमा आयोजित पत्रकार सम्मेलनमा परिषद्का अध्यक्ष शुभचन्द्र झाले सो दुःख ब्यक्त गर्नुभएको हो ।
आयोजित पत्रकार सम्मेलनमा सप्तरीमा बहुसंख्यक मैथिल बाहुल्य रहेको यस जिल्लामा सबैभन्दा बढी मैथिली भाषा भाषीको बोलचाल रहेको दाबी गर्दै मैथिली भाषाप्रति फैलाएको भ्रमात्मक समाचारप्रति परिषद्को गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
मुलुकको अधिकांश रेडियो तथा एफ.एम. र टेलिभिजनहरुमा समेत मैथिली भाषामा समाचार प्रकाशन तथा प्रसारण हुनुका साथै नेपालको सरकारी अखबार गोरखापत्रमा समेत विगत केही वर्षदेखि मैथिली सहितका भाषाभाषीको समुचित स्थान समेत दिदै आएकोमा केही हदैसम्म भएपनि मैथिली भाषा भाषीको लागि शुभ संकेत देखिएको उहाँले बताउनुभयो ।
सप्तरीका केही सरकारी विद्यालयहरुमा समेत स्थानीय मैथिली भाषमा पठन पाठन भईरहेको जनाउँदै जिल्ला शिक्षा कार्यालय सप्तरीको आग्रहमा मैथिलीमा “हमर यात्रा” नामक पुस्तक निःशुल्क सम्पादन गरी अनौपचारिक शिक्षाको माध्यमबाट मैथिली बनाउँनमा सफल भएकोमा जिल्ला शिक्षा कार्यालय सहित जिल्ला शिक्षा अधिकारी सहित सम्पुर्ण कर्मचारी, संघ संस्था, सहयोगी कार्यकर्ता सहित उक्त कार्यमा सहयोग गर्ने सम्पुर्ण ब्यक्तिहरुलाई धन्यवाद दिनुभयो ।
उहाँले नयाँ शैक्षिक सत्रमा समेत अनिवार्य रुपमा विद्यालयमा मैथिली भाषामा आधारभुत शिक्षा लागु गर्नका लागि शिक्षा कार्यालयसँग अनुरोध समेत गरिएको उहाँले जानकारी दिनुभयो ।
साथै सप्तरी जिल्लामा रहेका सम्पुर्ण संचारकर्मी सहित मैथिली अभियानमा सहयोग एवं सहकार्य गर्ने अपेक्षा परिषदको रहेको जनाउँदै विगतमा गरिएको सहयोगको समेत सम्पुर्ण संचारकर्मीहरुलाई धन्यवाद एवं आभार प्रकट गर्दै अगामी दिनमा यस्तै सहयोगको अपेक्षा परिषदले गरेको पत्रकार सम्मेलनमा जानकारी उहाँले दिनुभयो ।
सो पत्रकार सम्मेलनमा परिषद्का पूर्वअध्यक्ष बिष्णु कुमार मण्डल, वर्तमान उपाध्यक्ष सतिश कुमार दत्त, सचिव श्यामसुन्दर यादव र सदस्य धर्मपाल राउत सहित संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/19 लालपूर्जा माग्दै दोश्रो दिन पनि नगरपालिकामा तालाबन्दी जारी, जिल्ला प्रशासन कार्यालय घेराउ
- 2083/02/19 पारिश्रमिक वृद्धिको माग गर्दै मजदुरहरुद्वारा प्रदर्शन
- 2083/02/19 महोत्तरी र पर्सा बिजयी
- 2083/02/18 नेपालकै पहिलो टाउन प्लानिङ राजविराज नगरपालिका , दशकौदेखी बसोवास गर्दै आएका नगरवासीले लालपूर्जा माग्दै प्रदर्शन पश्चात् गरे पालिकामा तालाबन्दी
- 2083/02/18 हरचवाचरवाद्वारा सप्तरीसहित मधेशका ८ वटै जिल्लामा एकै साथ मागपत्र पेश
- 2083/02/18 बारा १० विकेटले बिजयी
- 2083/02/14 थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
- 2083/02/14 ...अनि श्रीमतीसँग माफी मागें
- 2083/02/14 महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
- 2083/02/13 अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ