News Category 2072/01/09
कुटपिट पश्चात् जन्तको गाडीमा लुटपाट गरेको आरोप
दैनिक संवाददाता
राजविराज, ८ बैशाख ।
राजविराज नगरपालिका १० डुमरी शिवथानमा दुई पक्षबिच मंगलबार कुटपिट तथा लुटपाट भएको छ ।
राजविराज नगरपालिका वडा नं. २ देखि पुर्व राजविराज १० देखि पश्चिम रहेको पुर्व पश्चिम सडकमा महादेव यादवको खेत नजिक रहेको पुल भत्काई बाटो अवरुद्ध भएको विषयलाई लिएर स्थानीयबासीहरुबिच कुटपिटपश्चात् लुटपाट भएको हो ।
राजविराज नगरपालिका १० डुमरी शिवथान टोलमा सिम्रहा सिग्यौन गाविस ५ का सत्य नारायण यादवको छोरीसँग विवाह कार्यक्रमको भोली पल्ट मंगलबार जयन्ती फर्किने क्रममा कुटपिट र लुटपाट समेत भएको पीडितद्वारा जिल्ला प्रहरी कार्यालयमा दिईएको उजुरीमा उल्लेख छ ।
सोही क्रममा जयन्तीमा प्रयोग भएको को.१ ज १९७७ नम्बरको माइक्रो गाडीलाई रोकि विपक्षी मध्येका भनालाल यादवले जयन्तीको सम्पुर्ण सरसमान लुटनुका साथै कुटपिट गरी गाडीमा तोडफोड समेत गरेको उजुरीमा उल्लेख छ ।
राजविराज नगरपालिका २ बस्ने ५१ वर्षिय भना लाल यादव, सोही ठाउँका २५ वर्षिय हिरा लाल यादव, २१ वर्षिय प्रेम यादव, २२ वर्षिय गुडडु यादव सहित अन्य अपरिचित १०÷१२ जनाको ब्यक्तिहरुले कुटपिट गर्नुका साथै लुटपाट समेत गरेको पीडित सरोज यादवद्वारा प्रहरीमा दिईएको उजुरीमा उल्लेख छ ।
ती युवाहरुको समुहले उक्त पुल मुनि लुकि छुपी बसेका लाठी, फठा, घरेलु हतियार, खुकुरी सहित लिई गाडी घेरी गाडीको सिसा समेत तोडफोड गरी गाडीका चालक हिरनन्दन यादवलाई हातपात गरी कुटपिट गर्नुका साथै रिजर्व वापत पाएको २५ हजार नगद भनालाल यादवले खोसी लिई अन्य ब्यक्तिहरुले बिदाईको सगुन रकम १ लाख ५१ हजार र सुनको चैन १ भरीको १ थान, सुनको अंगुठी आठ आनाको १ थान र डेढ भरीको १ थानको ७८ हजार समेतको नगदी जिन्सी लुटी खोसेको उजुरीमा उल्लेख गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/30 प्रशासकीय भवन सार्ने विषयमा जनप्रतिनिधिहरु बीचमै विवाद
- 2082/12/23 पत्रकार महासंघद्वारा सरकारको पछिल्लो विज्ञापन नीति खारेज गर्न माग, सञ्चारमाध्यमहरू बन्द भए हजारौं पत्रकार तथा सञ्चारकर्मी र सञ्चारक्षेत्रमा जोडिएकाहरु प्रत्यक्ष रूपमा प्रभावित हुने
- 2082/12/23 गाईको मासुसहित एक पक्राउ
- 2082/12/23 तीन स्थानमा भएको आगलागिमा ६ लाख ७३ हजार ५ सय मुल्य बराबरको क्षति
- 2082/12/22 शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा बिदा
- 2082/12/22 मर्मत सम्भारको माग गर्दै चक्काजाम
- 2082/12/20 कान उपचार केन्द्रको नवनिर्मितको उद्घाटन, नेपालमा १८ प्रतिशत जनता कान रोगबाट ग्रसित
- 2082/12/20 गैरकानुनी रुपमा रकम असुल्ने कार्यमा संलग्न व्यक्तिलाई कार्यालय प्रवेशमा निषेध
- 2082/12/20 आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा विद्यालय संचालक र कर्मचारी पक्राउ
- 2082/12/20 मोटरसाइकल चोरी घटनामा तीन युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ