News Category 2072/01/10
स्वतन्त्र मधेश गठबन्धनद्वारा प्रधानमन्त्री समक्ष ज्ञापन पत्र
दैनिक संवाददाता
राजविराज, ९ बैशाख ।
स्वतन्त्र मधेश गठबन्धन सप्तरीले शान्तिपुर्ण सभा सम्मेलन तथा अभिव्यक्ति राख्न पाउने मानवअधिकारको प्रत्याभुति दिलाउन नेपाल सरकार तथा सम्बन्धित निकायसँग माँग गर्दै मंगलबार ज्ञापनपत्र पठाएको छ ।
स्वतन्त्र मधेश गठबन्धन सप्तरीका संयोजक सुरेन्द्र मधेशीको नेतृत्वमा गएका नेता तथा कार्यकर्ताहरुले सप्तरीका प्रमुख जिल्ला अधिकारी बिरेन्द्र कुमार यादवमार्फत प्रधानमन्त्रीको कार्यालय, गृह मन्त्रालय समक्ष ज्ञापन पत्र बुझाएका हुन ।
लोकतान्त्रिक व्यवस्थामा विश्वास राख्ने र यो अनुसार राज्य तथा शासन व्यवस्था संचालन गर्ने जुनसुकै लोकतान्त्रिक सरकारको परीधिभित्र राज्यद्रोह र राज्य विप्लव जस्ता तानाशाही राजा महाराजाको शासना व्यवस्थाको अंहकारपुर्ण शब्दाबलीहरु हुन नसक्ने कुराको संकेता लोकतन्त्रको वकालत गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानवअधिकारवादी संघ संगठनहरुले दिईरहेको अवस्थामा संकेत गर्दै एमनेष्टी इन्टरनेशनल समेतले आप्mनो पत्रमार्फत नेपाल सरकारलाई जानकारी गराईसकेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
साथै नेपाल सरकार तथा प्रहरी प्रशासनले नेपालको अन्तरिम संविधान, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानव अधिकारवादी निकाय तथा संयुक्त राष्ट्र संघको अन्तर्राष्ट्रिय मानवअधिकार चार्टरले विश्वका मानिसलाई प्रदान गरेको मानवअधिकारको अधिकार समेतलाई चुनौती दिंदै स्वतन्त्र मधेश गठबन्धनको आह्वानमा राखिएका शान्तिपुर्ण सभा, सम्मेलन, आमसभा, छलफल, अन्तरक्रिया तथा परिषद जस्ता कार्यक्रमहरुमा नेपाल सरकारले त्यसलाई बिथोल्ने कार्यको भत्सर्ना ज्ञापन पत्रमार्फत गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/19 लालपूर्जा माग्दै दोश्रो दिन पनि नगरपालिकामा तालाबन्दी जारी, जिल्ला प्रशासन कार्यालय घेराउ
- 2083/02/19 पारिश्रमिक वृद्धिको माग गर्दै मजदुरहरुद्वारा प्रदर्शन
- 2083/02/19 महोत्तरी र पर्सा बिजयी
- 2083/02/18 नेपालकै पहिलो टाउन प्लानिङ राजविराज नगरपालिका , दशकौदेखी बसोवास गर्दै आएका नगरवासीले लालपूर्जा माग्दै प्रदर्शन पश्चात् गरे पालिकामा तालाबन्दी
- 2083/02/18 हरचवाचरवाद्वारा सप्तरीसहित मधेशका ८ वटै जिल्लामा एकै साथ मागपत्र पेश
- 2083/02/18 बारा १० विकेटले बिजयी
- 2083/02/14 थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
- 2083/02/14 ...अनि श्रीमतीसँग माफी मागें
- 2083/02/14 महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
- 2083/02/13 अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ