News Category 2082/11/10
होटल तथा रेष्टुरेन्टहरु साँझ ८ बजे तथा मदिरा विक्रेताहरुले ७ बजे पसल बन्द गर्ने निर्णय
दैनिक समाचारदाता
राजविराज, १० फागुन ।
जिल्ला सुरक्षा समिति सप्तरीले खुद्रा तथा थोक मदिरा विक्रेताहरुलाई साँझ ७ बजे पसल बन्द गर्न निर्णय गरेको छ ।
यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, व्यवस्थित एवं मर्यादित रुपमा सम्पन्न गराउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय सप्तरीको शुक्रबार बसेको जिल्ला सुरक्षा समिति तथा सरोकारबालाहरुको बैठकले सो निर्णय गरेको हो ।
सो निर्णय आईतबार सार्वजनिक गर्दै इजाजत प्राप्त खुद्रा तथा थोक मदिरा विक्रेताहरुले मदिरा बिक्री बितरण गर्न पाउने समय ७ बजे र होटल तथा रेष्टुरेन्टहरुमा सेवन गर्ने समय बढीमा सटर बन्द गर्ने गरी ८ बजे तोकेको छ ।
जिल्लास्थित खुद्रा मदिरा पसलहरुले व्यवसाय दर्ता प्रमाणपत्र बिना घरेलु मदिरा बिक्री गरिरहेको पाईएमा उक्त मदिरा जफत गरी नष्ट गर्ने र प्रचलित कानून वमोजिम कारवाही गर्ने निर्णयमा भनिएको छ ।
यस्तै जिल्ला स्थित विभिन्न स्थानमा रहेको मिठाई पसलहरुमा बत्ती प्रयोग गरी खाने सामानहरु आकर्षित बनाइ शरीरमा हानी पु¥याएको, अत्याधिक रड र अखाद्य भएको भए जफत गरी कारवाही गर्ने, सवारी साधनहरुमा तौल कम भएको मिठाई डब्बामा बेच्ने, पान पसल, किराना पसल लगायत जेनरल स्टोरहरुमा इजाजतपत्र विना सुर्तीजन्य पदार्थको बिक्री भइरहेको पाइएमा कारवाहीको प्रकृया अगाडी बढाउने निर्णयमा उल्लेख छ ।
त्यस्तै सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन, २०६८ अनुसार शिक्षण संस्था, स्वास्थ्य संस्था, बालकल्याण गृह र क्लबहरुबाट कम्तीमा एकसय मिटरको दुरी भित्र सुर्तीजन्य पदार्थ विक्री बितरण गरेको पाइएमा सोही ऐन बमोजिम आवश्यक कारवाहीको प्रकृया अगाडी बढाउने जिल्ला सुरक्षा समितिले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/19 लालपूर्जा माग्दै दोश्रो दिन पनि नगरपालिकामा तालाबन्दी जारी, जिल्ला प्रशासन कार्यालय घेराउ
- 2083/02/19 पारिश्रमिक वृद्धिको माग गर्दै मजदुरहरुद्वारा प्रदर्शन
- 2083/02/19 महोत्तरी र पर्सा बिजयी
- 2083/02/18 नेपालकै पहिलो टाउन प्लानिङ राजविराज नगरपालिका , दशकौदेखी बसोवास गर्दै आएका नगरवासीले लालपूर्जा माग्दै प्रदर्शन पश्चात् गरे पालिकामा तालाबन्दी
- 2083/02/18 हरचवाचरवाद्वारा सप्तरीसहित मधेशका ८ वटै जिल्लामा एकै साथ मागपत्र पेश
- 2083/02/18 बारा १० विकेटले बिजयी
- 2083/02/14 थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
- 2083/02/14 ...अनि श्रीमतीसँग माफी मागें
- 2083/02/14 महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
- 2083/02/13 अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ