News Category 2082/11/12
बदलिएको काँग्रेसले सबैलाई सम्मान गर्छ ः काँग्रेस उपसभापति शर्मा
दैनिक समाचारदाता
राजविराज, १२, फागुन ।
नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले गगन थापाको नेतृत्वमा बदलिएको काँग्रेसले सबैलाई सम्मान गर्ने बताएका छन् ।
मंगलबार राजविराजस्थित गजेन्द्र चौकमा चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले मधेश आन्दोलनलाई सम्मान गर्दै गजेन्द्र नारायण सिंहको योगदान कहिले बिर्सने योग्य नरहेको समेत उल्लेख गरे ।
मधेश आन्दोलनकै कारण संघीयता आएको स्मरण गराउदै उनले कसैले हलाएर संघियता नहलिने जिकिर गर्दै संघीयतालाई अझ बलियो बनाउन सबैको सहयोग आवश्यक रहेको बताए ।
यसअघि उनले स्व. गजेन्द्र नारायण सिंहको शालिकमा माल्यार्पण गरेका थिए । मंगलबारै काँग्रेसको चुनावी भेलामा जसपा नेपालका समानुपातिक उम्मेदवार बिजय गुप्तासहित दुई दर्जन भन्दा बढी जेनजी युवा काँग्रेसमा प्रवेश गरेका छन् ।
राजविराजको गजेन्द्र चोकमा आयोजित चुनावी सभामा उनीहरु काँग्रेस प्रवेश गरेका हुन् । प्रवेश गर्नेमा राजविराज नगरपालिकाका मो. सज्जाद, सुल्तान, अकबर , अनवर, आजम, मेराज, जाफिर, आफतोप, इसमाइल, आयुससहितका छन् ।
यस्तै महादेवा गाउँपालिकाका मो. वासिम, तबरेज, अबदुल, मुकिम, इर्शाद, अरवाज, इजहारुल, हारुन, इवरान, इरफानसहितका नेपाली काँग्र्रेस प्रवेश गरेका छन् ।
नव प्रवेशी युवालाई काँग्रेसका सप्तरी क्षेत्र नम्बर २ का उम्मेदवार रामकुमार यादव, राष्ट्रिय सभा सदस्य रन्जित कर्ण, पार्टीका जिल्ला सचिव सनत मण्डल, मधेश प्रदेशकी सहमहामन्त्री बिन्दु यादव, नेताहरू इर्शाद अन्सारी, संविधान सभा सदस्य सकलदेव सुतिहार, नेता जितेन्द्रनारायाण देवसहितकाले स्वागत गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/23 पत्रकार महासंघद्वारा सरकारको पछिल्लो विज्ञापन नीति खारेज गर्न माग, सञ्चारमाध्यमहरू बन्द भए हजारौं पत्रकार तथा सञ्चारकर्मी र सञ्चारक्षेत्रमा जोडिएकाहरु प्रत्यक्ष रूपमा प्रभावित हुने
- 2082/12/23 गाईको मासुसहित एक पक्राउ
- 2082/12/23 तीन स्थानमा भएको आगलागिमा ६ लाख ७३ हजार ५ सय मुल्य बराबरको क्षति
- 2082/12/22 शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा बिदा
- 2082/12/22 मर्मत सम्भारको माग गर्दै चक्काजाम
- 2082/12/20 कान उपचार केन्द्रको नवनिर्मितको उद्घाटन, नेपालमा १८ प्रतिशत जनता कान रोगबाट ग्रसित
- 2082/12/20 गैरकानुनी रुपमा रकम असुल्ने कार्यमा संलग्न व्यक्तिलाई कार्यालय प्रवेशमा निषेध
- 2082/12/20 आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा विद्यालय संचालक र कर्मचारी पक्राउ
- 2082/12/20 मोटरसाइकल चोरी घटनामा तीन युवक पक्राउ
- 2082/12/19 मौसम परिवर्तनले आँपको उत्पादनमा कमी आउने, हावाहुरी र बर्षाले गहुँबालीमा क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ