News Category 2082/11/12
सप्तरीमा निर्वाचन सुरक्षा कडा बनाईदै, चारैततिर कोशीको भंगालोले घेरिएको गोबरगाढामा संयुक्त सुरक्षाकर्मीको निगरानी
दैनिक समाचारदाता
राजविराज, १२, फागुन ।
प्रतिनिधिसभा निर्वाचन नजिकिदै जाँदा नेपाली सेना, नेपाल प्रहरी सशस्त्र प्रहरी र निर्वाचन प्रहरी सहितको संयुक्त टोलीले सप्तरीमा सुरक्षा निगरानी बढाउँदै लगेको छ ।
निर्वाचनको एक साता मात्र बाँकी रहँदा निर्वाचन सुरक्षाका संयुक्त सुरक्षा टोलीले सप्तरीको सुगम देखी विकट गाउँ सम्म कडा निगरानी बढाउन थालेको हो ।
यसैक्रममा सुरक्षाकर्मीको संयुक्त टोली कोशीको भंगालोले घेरिएको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १३ स्थित गोबरगाढा गाउँमा पुगेका हुन् ।
भारतीय सिमा संग जोडिएको र चारैतिर कोशीको भंगालोले घेरिएको विकट गाउँ गोबरगाढामा डुङ्गा चढेर नेपाली सेनाको बरखगण, सशस्त्र र नेपाल प्रहरीको एक टोली त्यहाँ पुगेर सुरक्षा निगरानीमा खटिएको राजविराज स्थित बरखगणका गणपती प्रमुख सेनानी सोवित बहादुर चन्दले जानकारी दिए ।
निर्वाचन सुरक्षाका क्रममा जिल्लाको ४ वटै निर्वाचन क्षेत्रमा हाल सम्म गणबाट ६ सय ५० सेना परिचालन भइसकेको तथा आवश्यक्ता अनुसार अझै थपिने उनले बताए ।
निर्वाचनलाई सफल पार्न भारतीय सीमा संग जोडिएको तथा संवेदनशील र अतीसंवेदनशील सुचीमा परेका मतदान स्थलहरुमा सशस्त्र र नेपाल प्रहरीको समन्वयमा सुरक्षा व्यवस्था कडा पारिएको उनको भनाई छ ।
सप्तरीमा स्थायी २ सय ९६ र अस्थायी २ गरी २ सय ९८ मतदान स्थल निर्धारण गरिएको छ । त्यसमध्ये ८३ वटा सम्वेदनशील, २ सय ९ वटा अति सम्वेदनशील मतदानस्थलको सुचीमा राखिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिए ।
निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निश्पक्ष र भयरहित वातावारणमा सम्पन्न गर्न एकिकृत सुरक्षा योजना अनुसार जिल्ला प्रहरी कार्यालयबाट १ हजार ७ सय १३ प्रहरी परिचालन भएको उनको भनाई छ । प्रहरी नायब उपरिक्षक डम्बर बहादुर पुरीले मतदातालाई ढुक्क भई मतदान गर्न आवश्यक सबै सुरक्षा प्रबन्ध मिलाई तयारी भईरहेको बताए ।
यस्तै निर्वाचन सुरक्षाका लागी भर्ना गरिएका ४ हजार २ सय २२ निर्वाचन प्रहरी पनि ४ वटै क्षेत्रमा परिचालन भईसकेको उनको भनाई छ । निर्वाचन सुरक्षाका लागी सशस्त्र प्रहरी बल हेडक्वाटर राजविराजबाट पनि ८ सय ६९ प्रहरी परिचालन भएको सशस्त्र प्रहरी उपरिक्षक रोशन बुढाथोकिले जानकारी दिएका छन् ।
यसरी परिचालित संयुक्त सुरक्षाकर्मी कारागार, प्रमुख बजार, सिमानाका, मतदान स्थल तथा प्रमुख सडक मार्गमा संयुक्तरुपमा गस्तीमा खटिएको छ ।
सीमाक्षेत्रमा दैनिक संयुक्त गस्ती बढाइएपछि शान्ति सुरक्षा राम्रो हुदै गएको हनुमाननगर कंकालिनी नगरपालिका वडा १३ गोबरगाढाका वडाअध्यक्ष कुशेश्वर यादवले बताए । उनले चारैतीर कोशी नदीको भंगालोले घेरिएको विकट गाउँ गोबरगाढामा डुंगा चढी सेना र प्रहरीको टोली आइपुगेपछि स्थानीयवासी निर्वाचन सुरक्षालाई लिएर उत्साहित बनेको बताए । निर्वाचन सुरक्षा व्यवस्था सुदृढ बनाउन सशस्त्र र नेपाल प्रहरीका साथ नागरिक अगुवा र सरोकारवाला सबै संग समन्वय र सम्बन्ध प्रगाढ बनाउँदै अघि बढेको बरखगणका गणपती चन्दले बताए ।
चार वटा निर्वाचन क्षेत्र रहेको जिल्लामा कुल ४ लाख ४६ हजार २ मतदाता छन भने १ सय २ उम्मेदवार चुनावी मैदानमा छन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/19 लालपूर्जा माग्दै दोश्रो दिन पनि नगरपालिकामा तालाबन्दी जारी, जिल्ला प्रशासन कार्यालय घेराउ
- 2083/02/19 पारिश्रमिक वृद्धिको माग गर्दै मजदुरहरुद्वारा प्रदर्शन
- 2083/02/19 महोत्तरी र पर्सा बिजयी
- 2083/02/18 नेपालकै पहिलो टाउन प्लानिङ राजविराज नगरपालिका , दशकौदेखी बसोवास गर्दै आएका नगरवासीले लालपूर्जा माग्दै प्रदर्शन पश्चात् गरे पालिकामा तालाबन्दी
- 2083/02/18 हरचवाचरवाद्वारा सप्तरीसहित मधेशका ८ वटै जिल्लामा एकै साथ मागपत्र पेश
- 2083/02/18 बारा १० विकेटले बिजयी
- 2083/02/14 थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
- 2083/02/14 ...अनि श्रीमतीसँग माफी मागें
- 2083/02/14 महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
- 2083/02/13 अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ