News Category 2082/11/13
विगतमा जनतासँग गरेको वाचा पुरा गर्न आफ्नो उम्मेदवारी ः दिनेश यादव
दैनिक समाचारदाता
राजविराज, १३ फागुन ।
नेपाली काँग्रेसबाट सप्तरी क्षेत्र नंं ३ मा प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिएका दिनेश कुमार यादवले विगतमा जनतासँग गरेको वाचा अनुसारको योजनाहरु अधुरा रहेको र त्यसलाई पुरा गर्न आफुलाई जनताले अवसर दिनुपर्ने भन्दै मतदाताको चित्त बुझाउन घर–घर पुगिरहेको बताएका छन् ।
चुनाव प्रचारप्रसारका क्रममा बुधबार राजगढ गाउँपालिका वडा नं. १ मा पुगेर उनले पाँच बर्षको लागि मत दिएर जनताले पठाएकोमा परिस्थितिबस बीचमै भोट माग्नुपर्ने अवस्था सृजना भएको जनतालाई बुझाउनु परेको बताए ।
यसअघि सोही क्षेत्रबाट निर्वाचित भएका उनले अहिलेको चुनाव बेमौसमको चुनाव भएपनि देश र परिस्थितिको कारण चुनावमा भाग लिनुको विकल्प नरहेको सुनाए ।
सप्तरी क्षेत्र नं. ३ मा शम्भुनाथ–बनैनियाँ सडक, पातो–कठौना सडक र रुपनी–छिन्नमस्ता सडक बनाउने लगायतका बाचा जनतासँग गरेकोमा त्यो सबै अधुरा योजना पुरा गर्न आफुले चुनाव जित्नु पर्ने दावी गरे । जनताको दिनचर्यामा साथ दिनेलाई जनताले जिताउने यादवको विश्वास छ ।
२०६४ साल देखि लगातार काँग्रेसबाट यसै निर्वाचन क्षेत्रमा उम्मेदवार बन्दै आएका यादव पहिलो पटक २०७९ को निर्वाचनमा २६ हजार १ सय ६६ मत ल्याएर निर्वाचित भएको थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका ताराकान्त चौधरीले २२ हजार ३ सय मत प्राप्त गरेका थिए ।
यसपटकको चुनावमा जनता समाजवादी पार्टीका नेपालका अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेबाट ताराकान्त चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा. अमरकान्त चौधरी, नेपाली कम्युनिष्ट पार्टीबाट अरुणकुमार साह लगायत २२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । यस क्षेत्रमा कुल १ लाख ११ हजार ८ सय ७१ मतदाता रहेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/19 लालपूर्जा माग्दै दोश्रो दिन पनि नगरपालिकामा तालाबन्दी जारी, जिल्ला प्रशासन कार्यालय घेराउ
- 2083/02/19 पारिश्रमिक वृद्धिको माग गर्दै मजदुरहरुद्वारा प्रदर्शन
- 2083/02/19 महोत्तरी र पर्सा बिजयी
- 2083/02/18 नेपालकै पहिलो टाउन प्लानिङ राजविराज नगरपालिका , दशकौदेखी बसोवास गर्दै आएका नगरवासीले लालपूर्जा माग्दै प्रदर्शन पश्चात् गरे पालिकामा तालाबन्दी
- 2083/02/18 हरचवाचरवाद्वारा सप्तरीसहित मधेशका ८ वटै जिल्लामा एकै साथ मागपत्र पेश
- 2083/02/18 बारा १० विकेटले बिजयी
- 2083/02/14 थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
- 2083/02/14 ...अनि श्रीमतीसँग माफी मागें
- 2083/02/14 महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
- 2083/02/13 अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ