News Category 2082/11/13
आप्mनो उम्मेदवारी निस्कृय पार्दै अर्का उम्मेदवारलाई समर्थन गर्ने क्रम बढ्दै
दैनिक समाचारदाता
राजविराज, १३ फागुन ।
उम्मेदवारहरुले चुनावको मुखमा दल फेरबदल गर्नु र आप्mनो उम्मेदवारी निस्कृय पार्दै अर्का उम्मेदवारलाई समर्थन गर्ने क्रम बढ्दै गएको छ ।
सप्तरीमा पछिल्लो पटक नेपाल जनता पार्टीबाट समानुपातिकतर्पmका उम्मेदवार विजय गुप्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन । उनीसँगै नेपाल बुद्धिजीवी संगठनका डा.देवेस यादव पनि नेपाली काँग्रेसमा प्रवेश गरेका छन ।
राजविराज ५ निवासी गुप्ता नेपाल जनता पार्टीको समानुपातिक तर्फका उम्मेदवार थिए भने राजविराज २ निवासी डा.यादव जसपा निकटको बुद्धिजीवी संगठनका सदस्य थिए ।
चुनावी प्रचार प्रसारका क्रममा मंगलवार साँझ राजविराज आईपुगेका नेपाली काँग्रेसका उपसभापती विश्वप्रकाश शर्माको हातबाट दुबै जनाले नेपाली काँग्रेसको सदस्यता ग्रहण गरे ।
उनीहरुले जिल्लाको चारै वटा क्षेत्रमा नेपाली काँग्रेसका उम्मेदवालाई जिताउने अभियानमा सक्रियता पुर्वक खटिने प्रतिबद्धता समेत ब्यक्त गरे । दुबै जनालाई स्वागत गर्दै काँग्रेसका उपसभापती शर्माले बदलिएको परिस्थितीमा बदलिएर आएको नेपाली काँग्रेसले नै देशलाई समृद्धि तर्फ लैजाने दाबी गरे ।
काँग्रेसका क्षेत्रिय सभापती महानन्द यादवले नेपाली काँग्रेसप्रति अहिले जनताको आकर्षण बढ्दै गएको भन्दै अलमलमा रहेर सर्वसाधारणलाई काँग्रेससँग जोडिन आह्वान गरे ।
यसअघि प्रभु साह नेतृत्वको आम जनता पार्टीको तर्फबाट सप्तरीको क्षेत्र नं. २ बाट प्रत्यक्षतर्फको उम्मेदवार रहेका इ. सुनिलराज दास आफ्नो उम्मेदवारी निस्कृय पार्दै सोही क्षेत्रबाट उम्मेदवार रहेका जनअधिकार पार्टीका राष्ट्रिय अध्यक्ष डा.शरद सिह यादवलाई समर्थनको घोषणा गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/19 लालपूर्जा माग्दै दोश्रो दिन पनि नगरपालिकामा तालाबन्दी जारी, जिल्ला प्रशासन कार्यालय घेराउ
- 2083/02/19 पारिश्रमिक वृद्धिको माग गर्दै मजदुरहरुद्वारा प्रदर्शन
- 2083/02/19 महोत्तरी र पर्सा बिजयी
- 2083/02/18 नेपालकै पहिलो टाउन प्लानिङ राजविराज नगरपालिका , दशकौदेखी बसोवास गर्दै आएका नगरवासीले लालपूर्जा माग्दै प्रदर्शन पश्चात् गरे पालिकामा तालाबन्दी
- 2083/02/18 हरचवाचरवाद्वारा सप्तरीसहित मधेशका ८ वटै जिल्लामा एकै साथ मागपत्र पेश
- 2083/02/18 बारा १० विकेटले बिजयी
- 2083/02/14 थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
- 2083/02/14 ...अनि श्रीमतीसँग माफी मागें
- 2083/02/14 महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
- 2083/02/13 अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ