News Category 2072/02/24
छोरीको हत्या भएको छ ः पीडितका परिवारजन प्रहरीको मिलोमतोमा घटना ढाकछोप
राजविराज÷दाइजो नदिएको भन्दै आप्mनै श्रीमानले श्रीमतिको हत्या गरेको पीडितका परिवारजनले आरोप लगाएका छन ।
सप्तरीको घोघनपुर गाविस ४ हाल कंचनरुप नगरपालिका १० बस्ने कमरुदिन मियाँका २० वर्षिय छोरा मो.साबिर मियाँ र सोही ठाउँ निवासी मो.समसुल हककी २० वर्षिया छोरी जलिसा खातुनबिच २०७१ साल फागुन १ गते सामाजिक परम्परा अनुसार प्रेम भएको थियो ।
शनिबार नेपाल पत्रकार महासंघ शाखा राजविराजमा एक पत्रकार सम्मेलनको आयोजना गरी श्रीमानले नै झुण्ड्याएर छोरीको हत्या गरेको पीडितका बुबा मो.समसुल हकले आरोप लगाउनुभयो ।
जेठ २ गते राति आप्mनै श्रीमानसँग जलिसा पनि सुतेकी थियो, तर सुतेकै दलानमा बिहान मृत अवस्थामा उनी फेला परिन । उनका श्रीमानले जलिसा आफै झुण्डिएर आत्महत्या गरेको भनेपनि जलिसालाई झुण्डयाएर हत्या गरीएको दृश्य हेर्दा प्रष्ट हुने गरेको बताउँदै पीडितका बुबाले आरोप लगाएका छन ।
दाईजो नपाएको भन्दै आप्mना छोरीलाई पटक पटक उनका श्रीमान तथा परिवारजनले शारिरीक, मानसिक यातना समेत दिदै आएको बताएका छन् । छोरीको हत्या भएकै राति उनका घरमा दुई जना अपरिचित व्यक्तिहरु पनि आएको तथा सो घटना भए लगत्तै ती व्यक्तिहरु वेपक्ता भएको हकले जानकारी दिनुभयो ।
घटना लगत्तै पीडितले किटानी जाहेरी ईलाका प्रहरी कार्यालय कंचनपुरमा लिएर जाँदा इन्सपेक्टर मेघराज थापाले किटानी उजुरी लिएपनि मुद्दा दर्ता अहिलेसम्म पनि नगरेको तथा उल्टै विपक्षीलाई संरक्षण दिदै आएको आरोप समेत लगाउँनुभयो । उहाँले प्रहरीले रकम लिएर घटनालाई ढाकछोप समेत गरिरहेको आरोप लगाउनुभया ।
यसैबचि आयोजित पत्रकार सम्मेलनमा पिडितका बुबाले उक्त घटनाको सत्यतथ्य छानबिन तथा थप अनुसन्धान गरी दोषीलाई आवश्यक कानुनी कार्बाहीको लागि मानवअधिकारकर्मी, संचारकर्मी, महिला अधिकारकर्मी, नागरिक समाज लगायत सम्पुर्ण सरोकारबालाहरुसँग अनुरोध समेत गर्नुभएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/30 प्रशासकीय भवन सार्ने विषयमा जनप्रतिनिधिहरु बीचमै विवाद
- 2082/12/23 पत्रकार महासंघद्वारा सरकारको पछिल्लो विज्ञापन नीति खारेज गर्न माग, सञ्चारमाध्यमहरू बन्द भए हजारौं पत्रकार तथा सञ्चारकर्मी र सञ्चारक्षेत्रमा जोडिएकाहरु प्रत्यक्ष रूपमा प्रभावित हुने
- 2082/12/23 गाईको मासुसहित एक पक्राउ
- 2082/12/23 तीन स्थानमा भएको आगलागिमा ६ लाख ७३ हजार ५ सय मुल्य बराबरको क्षति
- 2082/12/22 शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा बिदा
- 2082/12/22 मर्मत सम्भारको माग गर्दै चक्काजाम
- 2082/12/20 कान उपचार केन्द्रको नवनिर्मितको उद्घाटन, नेपालमा १८ प्रतिशत जनता कान रोगबाट ग्रसित
- 2082/12/20 गैरकानुनी रुपमा रकम असुल्ने कार्यमा संलग्न व्यक्तिलाई कार्यालय प्रवेशमा निषेध
- 2082/12/20 आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा विद्यालय संचालक र कर्मचारी पक्राउ
- 2082/12/20 मोटरसाइकल चोरी घटनामा तीन युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ