News Category 2072/02/25
बढ्दो गर्मीले दिनचर्या कष्टकर बन्दै
दैनिक संवाददाता
राजविराज, २४ जेठ ।
विगत एक सातादेखि दिन प्रतिदिन बढ्दै गएको गर्मीले सप्तरीका बासिन्दाहरुको दिनचर्या अत्यन्त कष्टकर बन्दै गएको छ । प्रचण्ड गर्मीले दिउँसो बजारमा मानिसहरुको चहलपहलमा निकै कमी देखिएको छ ।
गर्मीकै कारण सदरमुकाम राजविराजमा व्यापार समेत प्रभावित भएको छ । बिहान ७ बजेदेखी नै चर्को घाम लागेपछि सामान किनमेल गर्ने आउने जसोतसो सामान खरीद गर्ने गरेका छन् ।
बिहानैदेखी तापक्रम बढ्दै जाँदा मानिसहरु चिसो पदार्थ सेवन गरिरहेका छन् भने आइसक्रिम, बरफ, चिसो मिनरल वाटरको बिक्रि समेत बढेको छ । गाउँघरमा शरीरलाई चिसो पार्न स्थानीय पोखरी, नहर, नदीमा नुहाउने गर्छन् ।
यस्तै गर्मीकै कारण जिल्लाका अधिकांश सरकारी कार्यालयहरुमा सेवाग्राहीको उपस्तिथि समेत न्यून छ । सप्तरीमा सबै भन्दा बढी अड्डा अदालतको काम हुने जिल्ला भएपनि अहिले अदालतमा मुद्दा गर्नेहरुको उपस्थितिमा कमी आएको हो ।
सदरमुकाम राजविराजमा अवस्थित सगरमाथा अञ्चलका कूल ६ वटै जिल्लालाई हेर्ने पुनरावेदन अदालत र सप्तरी जिल्ला अदालतमा यसअघि दिनहुँ सयौंको संख्यामा झगडीयाहरु आउने गर्थे । तर, अहिले बढेको गर्मी सह्न नसकेर अतिआवश्यक काम बाहेकको अवस्थामा सेवाग्राहीहरुको आउने क्रममा कमि आएको जिल्ला बार एशोसिएशनका पूर्व अध्यक्ष दुर्गानन्द चौधरीको अनुभव छ ।
गर्मीका कारण जिल्लाका सबै निजी तथा सामुदायिक विद्यालयहरुले समय अगावै दिउँसोको सेसनलाई बिहानमा परिणत गरेको छ । अहिले सप्तरीका विद्यालयहरुमा बिहान ६ देखी १२ बजेसम्म हुने गरेको छ ।
सप्तरीमा अहिले दैनिक तापक्रम ३८ देखी ४० डिग्री सेल्सियस रहेको छ । गतवर्षहरु भन्दा यसवर्ष गर्मी बढ्न थालेपछि किसानहरु समेत चिन्तित भएका छन् । गहुँ खेती सकिएर धानको बेर्ना लगाउन खेत तयार गर्ने बखत बढेको गर्मीले खेतमा कामकाज गर्न समस्या भइरहेको सप्तरी भारदहका अगुवा किसान बच्चालाल मण्डलले गुनासो गर्नुभयो ।
यसैगरी राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा समेत बिरामीहरुको चाप बढ्न थालेको छ । अस्पतालस्थित आकास्मिक कक्षमा खास गरी निमोनिया, ज्वरो, डाइरियाका बिरामीहरु भर्ना रहेको छ । भर्ना भएका बिरामीहरुमध्ये खासगरी बालबालिका बढी प्रभावित भएको अस्पताल आकास्मिक कक्षका इन्चार्ज लालकिशोर सिंहले बताउनुभयो ।
उहाँले भन्नुभयो, “गर्मी बढेकोले अहिले अस्पतालमा दैनिकी १५ देखी २० वटा बालबालिकाहरु बिरामी भएर आउने गरेका छन्, यसअघी ७ देखी १० जना बालबालिकाहरु मात्र बिरामी भएर आउने गर्थे ।”
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/30 प्रशासकीय भवन सार्ने विषयमा जनप्रतिनिधिहरु बीचमै विवाद
- 2082/12/23 पत्रकार महासंघद्वारा सरकारको पछिल्लो विज्ञापन नीति खारेज गर्न माग, सञ्चारमाध्यमहरू बन्द भए हजारौं पत्रकार तथा सञ्चारकर्मी र सञ्चारक्षेत्रमा जोडिएकाहरु प्रत्यक्ष रूपमा प्रभावित हुने
- 2082/12/23 गाईको मासुसहित एक पक्राउ
- 2082/12/23 तीन स्थानमा भएको आगलागिमा ६ लाख ७३ हजार ५ सय मुल्य बराबरको क्षति
- 2082/12/22 शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा बिदा
- 2082/12/22 मर्मत सम्भारको माग गर्दै चक्काजाम
- 2082/12/20 कान उपचार केन्द्रको नवनिर्मितको उद्घाटन, नेपालमा १८ प्रतिशत जनता कान रोगबाट ग्रसित
- 2082/12/20 गैरकानुनी रुपमा रकम असुल्ने कार्यमा संलग्न व्यक्तिलाई कार्यालय प्रवेशमा निषेध
- 2082/12/20 आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा विद्यालय संचालक र कर्मचारी पक्राउ
- 2082/12/20 मोटरसाइकल चोरी घटनामा तीन युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ