News Category 2072/02/26
भण्डार गरी राखिएको सुपारी प्रहरीद्वारा बरामद प्रहरीले जवजस्ती सुपारी नियन्त्रणमा लिएको आरोप
दैनिक संवाददाता
राजविराज, २५ जेठ ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले गोप्य सूचनाको आधारमा सप्तरीको छिन्नमस्ता गाविस वडा नं. २ स्थित एक घरमा भण्डारण गरी राखिएको सुपारी बरामद गरेको छ ।
स्थानीय इद्रिस मियाँको घरमा सोही गाविस वडा नं. ५ बस्ने विरेन्द्र यादवले कोठा भाडामा लिई अवैध रुपमा भण्डारण गरी राखेको सुख्खा सुपारी १५ बोरामा ८ सय ७० केजी बरामद गरीएको प्रहरीले जनाएको छ । यता बरामद गरीएका सुपारीलाई सोमबार आवश्यक कारबाहीको लागि पूर्व क्षेत्रिय आन्तरिक राजश्व कार्यालय इटहरी सुनसरी पठाईएको प्रहरीले जनाएको छ ।
यसैबिच पीडित बिरेन्द्र यादवले ज्योति किराना पसल छिन्नमस्ता ५ महुवा टोलमा सुपारी कारोबारका लागि भ्याट बिल हुँदा हुँदै पनि प्रहरीले जर्वजस्ती सुपारी अवैध हो भनि जफत गरेको आरोप लगाउँनु भएको छ ।
आफुले सरकारलाई राजस्व तिरेर भ्याटबाट सुपारीको कारोबार गर्दै आएको बताउदै उहाँले जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी नारायण प्रसाद चिमरियाको नेतृत्वमा खटिएको प्रहरी टोलीले जर्वजस्ती गोदाममा प्रवेश गरी सुपारी अवैध हो भनि लैजान खोज्दा भ्याट बिल देखाउँदा भ्याट बिल समेत खोसी लगेको आरोप लगाउनुभयो ।
प्रहरीले १७ बोरा सुपारी तथा ४ बोरा पराग समेत लगेको जानकारी दिदै यादवले यसअघि पनि आप्mनो वैध सुपारी प्रहरीले जर्वजस्ती पक्राउ गरेपछि राजस्व अनुसन्धान पुर्वाञ्चल क्षेत्रिय कार्यालय ईटहरी सुनसरीबाट छोडाएर ल्याएको दाबी गर्नुभयो ।
यसैबिच सो सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी नारायण प्रसाद चिमरियाले सुपारी भण्डारण गर्न अनुमति लिनुपर्छ तथा त्यसका लागि कर विजक बिल हुनुपर्ने भन्दै सो बिल नहुँदा अनुसन्धानको लागि पक्राउ गरेको जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/30 प्रशासकीय भवन सार्ने विषयमा जनप्रतिनिधिहरु बीचमै विवाद
- 2082/12/23 पत्रकार महासंघद्वारा सरकारको पछिल्लो विज्ञापन नीति खारेज गर्न माग, सञ्चारमाध्यमहरू बन्द भए हजारौं पत्रकार तथा सञ्चारकर्मी र सञ्चारक्षेत्रमा जोडिएकाहरु प्रत्यक्ष रूपमा प्रभावित हुने
- 2082/12/23 गाईको मासुसहित एक पक्राउ
- 2082/12/23 तीन स्थानमा भएको आगलागिमा ६ लाख ७३ हजार ५ सय मुल्य बराबरको क्षति
- 2082/12/22 शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा बिदा
- 2082/12/22 मर्मत सम्भारको माग गर्दै चक्काजाम
- 2082/12/20 कान उपचार केन्द्रको नवनिर्मितको उद्घाटन, नेपालमा १८ प्रतिशत जनता कान रोगबाट ग्रसित
- 2082/12/20 गैरकानुनी रुपमा रकम असुल्ने कार्यमा संलग्न व्यक्तिलाई कार्यालय प्रवेशमा निषेध
- 2082/12/20 आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा विद्यालय संचालक र कर्मचारी पक्राउ
- 2082/12/20 मोटरसाइकल चोरी घटनामा तीन युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ