News Category 2072/02/26
दिघवा गाविस पनि खुल्ला दिसा मुक्त क्षेत्र हुने
दैनिक संवाददाता
राजविराज, २५ जेठ ।
१६ औ राष्ट्रिय सरसफाई सप्ताहको अवसरमा सोमबार सप्तरीको दिघवा गाविसमा साँस्कृतिक कार्यक्रमको माध्यमबाट जनचेतना फैलाएको छ ।
“सप्तरीबासी पनि कम छैनन् सन २०१६ भित्र जिल्लालाई खुल्ला दिशा मुक्त नगरी छाडदैन्” भन्ने मुल नाराका साथ विपतीको बेला पनि सफा राखौं धर्ती उद्देश्यका साथ खानेपानी तथा सरसफाई स्वच्छा समन्वय समिति सप्तरीको आयोजनामा दिघवा गाविसमा आयोजित साँस्कृतिक कार्यक्रममा सहभागिहरु सन २०१६ भित्रै खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गर्ने सामुहिक रुपमा प्रतिवद्धता जनाएका छन् ।
दिघवा गाविसका प्राविधिक सहायक वकिल मियाँको अध्यक्षता तथा पुर्व प्रअ राम प्रसाद सुनरैत यादवको प्रमुख आतिथ्यमा आयोजित सो कार्यक्रममा खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख ईन्जिनियर लोकेन्द्र यादव, जिल्ला विकास समितिका कार्यक्रम अधिकृत नवराज खडका, पुर्व प्रअ जगदिश सुनरैत यादव, युएन ह्याभिट्याटका कार्यक्रम संयोजक हरी बुढाथोकी, नेपाल पत्रकार महासंघका अध्यक्ष प्रकाश खतिवडा, खानेपानी कार्यालयका जमाहर लाल यादव, गुल्टेन यादव, सप्तरी सामुदायिक विकास केन्द्र नेपालका अध्यक्ष शम्भुनन्द चौधरी, जिल्ला प्राविधिक कार्यालयका ई.तारणी प्रसाद चौधरी, स्वास्थ्य चौकीका इन्चार्ज दामोदर यादव, समाज सुधार तथा वातावरण विकास नेपालका अध्यक्ष अर्जुन कुमार यादव सहितका बक्ताहरुले दिघवा गाविसलाई अविलम्ब खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गर्न स्थानीयबासीहरुसँग अनुरोध गर्नुभयो ।
सोही अवसरमा आयोजित साँस्कृतिक कार्यक्रममा कैलाश झा, जिबछ दास, अंजु यादव, केशव चौधरी सहितका कलाकारहरुले खुल्ला दिशा मुक्त सम्बन्धि विभिन्न जनचेतना मुलक गित संगित तथा हास्य व्यङ्ग प्रस्तुत गर्नुभएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/30 निर्वाचनका लागि देशमा माहौल बनिसकेको छ ः गृहमन्त्री अर्याल
- 2082/09/30 डा. सन्तोष नेपाली जनता पार्टीमा प्रवेश
- 2082/09/30 सुरुङ्गाबाट लागुऔषध सहित दुई पक्राउ
- 2082/09/30 डाक्नेश्वरीका स्वास्थ्यकर्मीहरुले अल्टिमेटमसहित बुझाए ज्ञापनपत्र
- 2082/09/30 मैत्रीपूर्ण महिला क्रिकेटको उपाधि काठमाडौंको पोल्टामा
- 2082/09/25 दैनिक दुई उडान प्रचार मै सीमित
- 2082/09/25 सशस्त्र प्रहरीद्वारा सीमा सुरक्षा र सद्भाव बढाउन झण्डा मार्च
- 2082/09/25 मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, अर्का गम्भिर
- 2082/09/24 निर्वाचनलाई लक्षित गर्दै तीन पार्टीद्वारा कार्यदल गठन
- 2082/09/23 क्यान्सर पीडित छोराका लागि यादव दम्पत्तीद्वारा सहयोगको याचना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ