News Category 2072/02/27
बनरझुलाका डोम सामुदायले आप्mनै लगानीमा बनाए नमुना शौचालय
शुभनारायण यादव
राजविराज, २६ जेठ ।
जहाँ ईच्छा, त्यहाँ उपाय भन्ने भनाईलाई व्यवहारमा उतार्न सप्तरीमा अहिले दु्रत गतिमा शौचालय निमार्ण कार्यको लहर चलेको छ ।
लाज छोप्न सप्तरीको बनरझुला गाविसका डोम समुदायले आप्mनै लगानीमा चर्पी निर्माण गरेका छन् । बनरझुला गाविसका तीन जना डोम समुदायले बाँसको घेराबेरा लगाई लाज छोप्नका लागि शौचालय निर्माण गरेका हुन ।
ती डोम समुदायलाई एक छाक टार्न धौ धौ छ तर, इच्छा भएपछि लाज छोप्न आप्mनै मेहनत र पसिनाबाट चर्पी निर्माण गरेका छन् । गाउँका सबै जना लाज छोप्न चर्पी बनाएर दिशा गर्न थालेपछि आफुले पनि आप्mनै लगानीबाट चर्पी निर्माण गरी चर्पीमा दिशा पिसाब गर्ने गरेको श्रवण मरिकको भनाई छ ।
उहाँजस्तै त्यहाँका तीन जना डोम समुदायले आप्mनै लगानीमा लाज छोप्नका लागि नमुना शौचालय बनाएर डोम समुदायमा पनि चर्पी रहेको छ भनि उदारहणीय कार्य गरेका छन् ।
यता मोटरसाईकल, आधुनिक मोवाईल, दुई तल्ले पक्की घर हुँदा हुँदै पनि अहिले पनि जिल्लाको विभिन्न गाविसमा शौचालय बनाउँन नखोज्ने तर गरीब नभएर मनको गरीब भएका कारणले कतिपयले चर्पी बनाई खुल्ला ठाउँमै दिशा पिसाब फेर्ने गरेको अवस्थामा बनरझुलाका यी डोम समुदायले बनाएको चर्पीले प्रष्ट हुन्छ कि जहाँ ईत्छा त्यहाँ उपाय भन्ने भनाईलाई पुष्टि गरेको छ ।
सरसफाईको क्षेत्रमा पछाडी परेका सप्तरीमा अहिले तिव्र रुपमा जिल्लाको विभिन्न गाविसहरुमा शौचालय निमार्ण कार्य भईरहेको जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय सप्तरीका प्रमुख ई.लोकेन्द्र यादवको भनाई छ ।
चालु आर्थिक वर्षको लक्ष्य अनुरुप जिल्लाको १५ वटा गाविसलाई खुल्ला दिशा मुक्त क्षेत्र बनाउँने लक्ष्य अनुरुप असार मसान्त सम्ममा जिल्लाको १५ गाविसलाई खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गर्ने विश्वास ई.यादवले ब्यक्त गर्नुभएको छ ।
उहाँले हालसम्ममा जिल्लाको हरीपुर, जण्डौल, मल्हनिया, पिप्रा पश्चिम, टिकुलिया, डाढा, बकधुवा र इनर्वा फुलवरिया खुल्ला दिशा मुक्त क्षेत्र घोषणा भईसकेको जानकारी दिनुभयो । त्यस्तै यस लगत्तै असार मसान्त सम्ममा जिल्लाकै बनरझुला, अर्नाहा, मलेठ, काचन, सितापुर, त्रिकोल, पटेर्वा सहितका गाविस खुल्ला दिशा मुक्त क्षेत्र घोषणा हुने लक्ष्य रहेको ई.यादवले जानकारी दिनुभयो ।
नेपाल सरकारको लक्ष्य अनुरुप सन १०२६ सम्ममा सप्तरीलाई खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गर्ने लक्ष्य पुरा गर्नका लागि यहाँका सम्पुर्ण सरोकारबाला, संचारकर्मी, अधिकारकर्मी, राजनीतिक दल, प्रहरी प्रशासन, युवा, विद्यार्थी, किसान लगायत सम्पुर्ण पक्ष प्रतिवद्ध भएपछि मात्र खुल्ला दिशा मुक्त क्षेत्र बनाउान सफल हुने विश्वास ब्यक्त गर्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
- 2082/11/15 पूर्व वडाध्यक्षसहित सय भन्दा बढी नेता कार्यकर्ता काँग्रेसमा प्रवेश
- 2082/11/14 शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, पर्यावरण र वातावरण लगायतका विषय समेटेर डा. राउतले सार्वजनिक गरे प्रतिवद्धता पत्र
- 2082/11/13 निर्वाचन सुरक्षा प्रदानसँगै मानवीय सेवामा नेपाली सेना सक्रिय
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ