News Category 2072/11/12
बन्द अवधीको कर तथा ब्याज मिनाहा हुनुपर्ने भन्दै प्रधानमन्त्रीलाई ज्ञापन
दैनिक संवाददाता
राजविराज, ११ फागुन ।
मधेश आन्दोलनका क्रममा बन्द अवधीको कर तथा व्याज मिनाहा हुनुपर्ने लगायका विभिन्न ६ बुँदे मागहरु अघि सार्दै मधेशी मोर्चा सप्तरीले प्रधानमन्त्री समक्ष मंगलबार ज्ञापन पत्र पठाएको छ ।
मधेशी मोर्चा सप्तरीले विगत ६ महिनाको लामो बन्दका कारण सर्वसाधारण जनताको जनजीवन अति कष्टप्रद रहेको भन्दै विभिन्न कार्यालयहरुमा लिईरहेको राजस्वहरुमा जरिवाना मिनाहा, आन्दोलनको क्रममा घाईतेहरुको शिघ्र उपचारको व्यवस्था, शहादत भएकाहरुलाई शहिद घोषणा, पेट्रोलियम पदार्थको सहज आपुर्ति तथा कालोबजारी नियन्त्रण लागयतका मागहरु अघि सारेको छ ।
मधेशी मोर्चासँग आवद्ध सम्पूर्ण राजनीतिक दलहरुले सप्तरीका निमित्त प्रमुख जिल्ला अधिकारी प्रेम कुमार उपाध्यायमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र पठाएका हो ।
लामो बन्दको अवधीमा कुनै पनि उत्पादनमूलक कार्य हुन नसकेको, व्यापार, व्यवसाय, कलकारखाना लगायत सम्पूर्ण गतिविधिहरु बन्द रहेकोले सर्वसाधारण जनताको पीडालाई मध्यनजर गर्दै उक्त अवधीको कर तथा व्याज मिनाहा गर्न मधेशी मोर्चा सप्तरीले माग गरेको छ ।
यसअघि राजविराजस्थित शिव मन्दिरको प्राङ्गणबाट मोर्चाका जिल्ला संयोजक कपिलदेव यादवको नेतृत्वमा निकालिएको जुलुसमा संघीय समाजवादी फोरम नेपालका राजनीतिक समिति सदस्य शैलेन्द्र प्रसाद साह, तराई मधेश लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य जयप्रकाश ठाकुर, राजनीतिकर्मी सत्यनारायण यादव, सद्भावना पार्टीका केन्द्रीय सदस्यद्वय दिपेन्द्र प्रसाद चौधरी, दिनेश कुमार यादव, संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष दिनेश कुमार यादव, तमलोपाका जिल्ला अध्यक्ष रामप्रित यादव, राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला अध्यक्ष गजेन्द्र कुमार मण्डल, युवा नेता विनोद कुमार यादव, फोरमका युसुफ अलि, फोरमका जिल्ला सचिव उमेश कुमार यादव, सदस्य केदार यादव, नवनीत झा, अभिशेक यादव, रामकृष्ण मुखियालगायत मोर्चाका केन्द्रीय तथा जिल्ला नेताहरुसहितको टोलीले निमित प्रमुख जिल्ला अधिकारी उपाध्यायलाई ज्ञापनपत्र बुझाएका हुन् ।
यता ज्ञापनपत्र बुझ्दै निमित्त प्रमुख जिल्ला अधिकारी उपाध्यायले तत्काल मोर्चाको ज्ञापनपत्र प्रधानमन्त्रीको कार्यालयमा पठाउने तथा माग सम्बोधन गराउने तर्फ आवश्यक पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ